
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उनको भनाइ
मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरूको साक्षेदारी आवश्यक रहेको उनको भनाइ छ । उहाँले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताए । “विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उनको भनाइ छ ।
उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजार बाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रूपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित शहर निर्माण हुने उनको भनाइ छ ।
मुख्यमन्त्री पोखरेलले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरूको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताए ।