समाचार

हेमजाको मिलनचोकमा अस्थायी प्रहरी पोस्ट

पोखरा महानगर पालिका वडा नं. २५ मिलनचोकमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोष्टको बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उद्घाटन गरे । अस्थायी पोस्टमा प्रहरी सहायक निरीक्षक भूमिप्रसाद पौडेलको कमाण्डमा एक ट्राफिक सहित सात प्रहरी रहने छन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा सहभागिले हेमजामा हुने विकृति विसंगती न्यूनिकरण… पुरा पढौ

अब २२ तले धरहरा यस्तो बन्नेछ

१२ वैशाख २०७२ मा भत्किएको धरहरा पुन र्निर्माणको आज औपचारिक शिलान्यास हुँदैछ । पुन निर्माणको काम महिना दिन अघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुन र्निर्माणको औपचारिक शिलान्यास गर्दैछन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुन र्निर्माणका लागि उपलब्ध… पुरा पढौ

‘सिजी टेलिकमलाई मोबाइल संचालन अनुमति दिनु’

सर्वोच्च अदालतले सिजी कम्युनिकेसन(सिजी टेलिकम)लाई मोवाईल सेवा सञ्चालन अनुमति दिन नेपाल दूरसंचार प्राधिकरणलाई आदेश दिएको छ । सर्वोच्चका न्यायधिश दीपकराज जोशीको एकल इजलासले सो आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजीलाई मोवाईल सेवा चलाउन बाटो खुलेको छ। यो आदेशले नयाँ मोबाइल सेवा प्रदायक कम्पनी आउने बाटो समेत खुलेको छ। अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम,एनसेल र स्मार्टले सेवा दिइरहेका छन्। नयाँ अपरेटर कम्पनी नआउँदा नेपाल टेलिकम र एनसेलको मात्रै एकाधिकार… पुरा पढौ

हलिउडस्टार साइरसले गरिन् गोप्य विवाह

हलिउडस्टार माइली साइरसले विवाह गरेकी छन् । उनले प्रेमी लियाम हेम्सवर्थसँग यही क्रिसमसको अवसरमा आफ्नो नयाँ निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ । लियामका निकटस्थ साथी कन्राड करले उनीहरुको विवाह समारोहको तस्बिर नै सार्वजनिक गरेर यसको जानकारी दिएका थिए । ‘मिस्टर एण्ड मिस’ लेखिएका बेलुन झुण्ड्याउँदै घरभित्र माइली र लियामले केक काट्दै गरेको तस्बिर सार्वजनिक गरिएको हो । समारोहमा लियामका दाजु क्रिस हेम्सवर्थ पनि उपस्थित छन् । ती तस्बिर… पुरा पढौ

छुँदा पोल्ने सिस्नु स्वास्थ्यका लागि यति धेरै फाइदा

 हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नु अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुराँहरूमा महङ्गो खानाको परिकार मध्येमा पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नु अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रुपैयाँ बराबरको बिक्री हुन थालेको छ। गोर्खा, सिन्धुपाल्चोक, दोलखा लगायत… पुरा पढौ

वाईडबडी खरिद प्रकरण :”पर्यटनमन्त्रीले ढाँटेको खुलासा

वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको जानकारि गरिएको छ । समाचारको अनुसार मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए । तर, महालेखापरीक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा मन्त्रीले झुठो बोलेको स्पष्ट पारेका छन् । ‘म उहाँको अफिसमा कहिल्यै पनि गएको छैन, उनी पनि मेरो अफिसमा आएका छैनन्,’ महालेखापरीक्षकले बुधबार वाइडबडीबारे अध्ययन गर्न बनेको उपसमितिमा भने, ‘वाइडबडी… पुरा पढौ

बेहुलीलाई कुटपिट गरेको अभियोगमा १० युवा पक्राउ

तेह्रथुमर बेहुलीलाई सामुहिक कुटपीट गरेको अभियोगमा प्रहरीले स्थानीय १० युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुद्धारा सोमबार राती विवाह मण्डपमा नै बेहुली माथि सामुहिक कुटपिट भएको थियो । सामुहिक रुपमा कुटपिट गर्र्नेलाई पक्राउ गरी मुद्दा अघि बढाएको हो । पक्राउ पर्नेहरुमा स्थानीय सरोज लिम्बु, ओमन लिम्बु, दिनेश लिम्बु, सुदीप लिम्बु, मन्दिप लिम्बु, पूर्ण लिम्बु, नविन लिम्बु, खगेन्द्र लिम्बु, सुजन लिम्बु र सनम लिम्बु रहेको प्रहरी निरीक्षक… पुरा पढौ

सोच ठूलो भएपछि काम सानो हुँदैन

बढ्दो बेरोजगारी सँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भने अनुसार रोजगारी नपाउँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छभनी विभिन्न किसिमका काम गर्ने युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् । कामलाई सानो ठूलो होइन सफलतापूर्वक… पुरा पढौ

माघ २ देखि फिक्कल महोत्सव

खाङ्साङमा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्य सहित फिक्कल महोत्सव २०७५ आयोजना गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । माघ २ गतेदेखि ७ गतेसम्म मध्यपहाडी लोकमार्ग नजिकै महोत्सव गरिने सञ्चालन गरिने जानकारी गरिएको छ । महोत्सव कहाँ गर्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद रहेको थियो । फिक्कल गाउँपालिका द्वारा आयोजित महोत्सव फिक्कल टाकुरामा नै गर्नुपर्ने केही जनप्रतिनिधिको माग रहेको थियो । फिक्कल गाउँपालिकाको प्रमुख… पुरा पढौ

विद्यार्थीलाई बाबा फाउन्डेसनको न्यानो कपडा

बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा न्यूरोड र इनरह्वील क्लब पोखरा न्यूरोडले भीमाद नगरपालिका २ टेव्र भञ्याङस्थित बाल विकास माध्यमिक विद्यालयमा स्वीटर र शैक्षिक सामग्री वितरण गरेको छ । फाउन्डेशनका सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेल इनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले विद्यालयमा अध्ययनरत १ सय ७५ जना छात्रछात्रालाई खेलकुद सामग्री, कापी, कलम र स्विटर वितरण गरेका हुन् । कार्यक्रममा विद्यालयको माग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं