
१ आगामी माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ ।
मङ्गलवार बसेको प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले मगर र थारु समुदायको विशेष पर्व भएकोले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश ५ का प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिएका छन् ।
प्रदेश ५ मा मगर र थारु समुदायका बाहुल्यता रहेको छ । बिदा दिने मन्त्रिपरिषद्को निर्णयसँगै माघ १ र २ गते प्रदेश ५ का सबै सरकारी कामकाज बन्द हुने छन् ।
प्रदेश सरकारले पुस ३० गते माघीको अवसर पारेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम आयोजना गरेका छन् ।
सो मन्त्रिपरिषद्को बैठकले प्रदेश ५ मा रहेको अञ्चल अस्पतालको नामकरणको विषयमा पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेश अन्तर्गत रहेको अञ्चल अस्पतालहरूको नामकरणमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न पनि सहमति भएको छ ।