समाचार

१२ बर्षमै आमा बनिन् गंगा

राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा गंगाले अपरेशन गरेर छोरी जन्माएकी हुन् । दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन् । तर, नवजात शिशुलाई सम्हाल्न गाह्रो भएको छ, उनलार्इ । उनक लागि यो सपना जस्तै भएको छ । तर, सपना होइन । २.२९ केजीको छोरी यथार्थ हो । गंगा सकुशल रहेकी छिन । र, बच्चालाई आइसियुमा राख्नु पनि परेको छैन् । जटिल सोचिएको थियो तर… पुरा पढौ

देशभर झण्डै ४९ हजार नर्स बेरोजगार

देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । पुरा पढौ

लमजुङमा राष्ट्रिय बुद्ध सम्मेलन गरिदै,सम्मेलन को तयारी सुरु

लमजुङमा १२ औँ राष्ट्रिय बुद्ध सम्मेलन गरिने भएको छ । धर्मोदय सभा केन्द्रिय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा आगामी चैत चैत ८ ,९ र १० गते सम्मेलन गर्न लागिएको हो । वेसिशहरमा एक कार्यक्रम विच उक्त वुद्ध सम्मेलन वारे जानकारी दिएको हो । कार्यक्रममा धर्मोदय सभाका केन्द्रिय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । धर्मादय सभाको नियमित कार्यक्रम अन्र्तगत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा राष्ट्रिय बुद्ध सम्मेलन… पुरा पढौ

चीनमा हिमपात, सात लाख २०हजारको जनजिवन प्रभावित

चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले जानकारी दिए अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्या समेत देखा परेको छ । हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत… पुरा पढौ

पोखरा २१ मा मेलमिलाप केन्द्र

पोखरा महानगरपालिका अन्तर्गत न्यायिक समितिको कामले तीव्रता पाएको छ । न्यायिक समिति गठन, कार्य विधिको अभावमा काम गर्न नपाएको समितिले महानगरमा न्यायिक इजलास, मेलमिलाप कर्ता सूचीकृत र मेलमिलापकर्तामार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको समितिले वडा वडामा मेलमिलाप केन्द्र स्थापनालाई तीव्रता दिएको छ । वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले वडामै मेलमिलाप केन्द्र स्थापना गरिएको हो । न्यायिक समितिले बुधबार पोखरा २१ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।… पुरा पढौ

जेसिआइ पोखरा र लेडीको संयुक्त पदस्थापन

जेसिआइ पोखरा र जेसिआइ पोखरा लेडीको संयुक्त पदस्थापन भएको छ । पोखरामा भएको संयुक्त पदस्थापन कार्यक्रममा पोखरा जेसिज २०१८ अध्यक्ष शिव सुवेदीले २०१९ का अध्यक्ष सन्तोष शाही र पोखरा लेडी २०१८ अध्यक्ष सन्तु पौडेलले २०१९ अध्यक्ष सपना गिरीलाई पिन चेन हस्तान्तरण तथा सपथ गराए । २०१९ का अध्यक्षद्वय सन्तोष शाही र सपना गिरीले सञ्चालक समिति सदस्यहरुलाई सपथ गराए । नेपाल जेसिज वर्ष २०१९ का अध्यक्ष महेश पौडेलले पोखरा महानगरपालिका वडा… पुरा पढौ

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ ।  धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले बताए । केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले वाइड… पुरा पढौ

माछापुच्छ्रेका ग्राहकलाई नेपाल मेडिसिटीमा छुट

माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे। सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन्। नेपाल मेडिसिटीले आफ्नो स्थापना कालदेखि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य… पुरा पढौ

नार्कमा गुरुङ नियुक्त

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ । मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो । उनी यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत थिए । गत महीना डा वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो । (रासस) पुरा पढौ

उत्तरी सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु

 उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं