१२ बर्षमै आमा बनिन् गंगा

राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा गंगाले अपरेशन गरेर छोरी जन्माएकी हुन् । दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन् । तर, नवजात शिशुलाई सम्हाल्न गाह्रो भएको छ, उनलार्इ ।

उनक लागि यो सपना जस्तै भएको छ । तर, सपना होइन । २.२९ केजीको छोरी यथार्थ हो । गंगा सकुशल रहेकी छिन । र, बच्चालाई आइसियुमा राख्नु पनि परेको छैन् ।

जटिल सोचिएको थियो तर अपरेशन गरियो । डाक्टरहरुले चेतावनी दिएजस्तै बच्चा र आमा दुवैको ज्यान तलमाथि भएन । उनीहरुकै भाषामा भन्नुपर्दा ’मेडिकल मिराकल’ भयो । भाग्यमानी ठहरिन उनी नत्र १२ वर्षको उमेरकै यति सजिलै सुत्केरी हुन कहाँ सम्भव हुन्छ र ?

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाको विकट औले गाउँमा घर भइकी गंगाको परिवारमा दुःख छ । अभाव र समस्या छ थियो नै छोरीको जिम्मेवार पनि थपिएको छ ।

तीन महिनाअघि राममायाले सोचेकी थिइनन्, गंगाले यति सजिलै बच्चा जन्माउँछे । गंगा स्वयंमलाई पनि थाहा थिएन आमा बन्नुको सकश । उनीहरु लाचार थिए । समस्याको जानकार हुँदा हुँदै पनि काल नै पर्खेर बसिरहेका जस्तो लाग्थ । गाउँमै बच्चा जन्माउने ‘घातक निर्णय’ गरेका थिए । गरीबी र अभावले पिल्सिएकाले ज्यान धरापमा राख्नु बाध्यता पनि थियो ।

हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी चेपाङ जातिको बाहुल्यता रहेको विकट ठाउँमा४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या । अधिकांश इसाईमा रुपान्तरित भइसकेका त्यही गाउँको एउटा कुनामा छ, गंगाको घर।

श्रीमान बेपत्ता भएकाले माइतीको सहारामा बसेकी छिन् । बालविवाहको आरोपमा पक्रेर जेल हाल्छन् भन्न डर भएर । उनको आमा र बुबा पनि गंगाको बेपत्ता श्रीमान रञ्जित प्रजा खोज्न हिँडेका रहेछन्। दाजु भाउजु र बच्चाहरु गरेर २० जनाको संयुक्त परिवारमा खानाको अभाव, गोठको सुताई, लगाउने कपडाको अभाव उस्तै। कठ्याङग्रिने जाडोमा न्यानो कपडा समेत नभएको अवस्था रहेको छ ।

चेपाङ बस्तीमा अधिकांशको सानैमा बिहे हुन्छ। ९० प्रतिशत भन्दा बढी भागी बिहे। कलिलैमा भागी विवाह गर्ने परम्परा नै बनेको छ ।

चाडै बिहे गरेकोमा गंगाले पश्चाताप गरिरहेकी छिन् । गंगाको सम्पर्क विहिन भएका रञ्जित पनि फर्किए। सञ्चारमाध्यममा प्रकाशित भएपछि सरकारले गरेको उद्दारबाट सकुशल उनको उपचार सम्भव भएको हो ।