विभिन्न मुद्दामा फरार भएका महतो पक्राउ

ज्यान मार्ने उद्योग, सङ्गठित अपराध लगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान–३ घर भएका ५७ वर्षीय रामेश्वर महतोलाई पक्राउ गरेको छ ।

पक्राउ परेका महतो ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, विष्फोटक पदार्थ तथा डकैतीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिएका छन् ।

महतोलाई आज सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरी नायव उपरीक्षक खरेलले बताए ।