मुस्ताङेका हिउँद र फुर्सदिला दिन

वर्षायामभरी मेहनतका साथ आफ्नो घरायसी काम धन्दा सकेर हिउदयामका उराठिला ४ महिना मुस्ताङबासीका लागि फुर्सदिलो समयको रुपमा लिईन्छ ।यही,समयको सदुपयोग गर्दे कतिपय मुस्ताङीजिल्लामै घाम ताप्ने,जंगल पुगेर दाउराको जोहो गर्ने,स्याउबारीको कटिङ र हेरचाह गर्ने आदी काम गर्छन् भने, कतिनपय जिल्लानै रित्तो हुनेगरी बेशीतर्फ ओरोलो लागि सकेका छन् ।


मुस्ताङ जिल्ला हिमालपारीको छत्रछायामा अवस्थित प्राकृतिक दृष्यहरुले भरिभराउ भएको जिल्ला हो ।हिमाल ,मिनी तालतलैया ,मनोरम हरियाली बिनाको सुख्खा डाडाकाढाँ,स्याउ तथा फापर लगायतका खेति ,कालिगण्डकी करिडोरको निस्तब्ध बहकाई अनि लोभलाग्दो यसक्षेत्रको भौगोलिक बिशेषताले विश्वबजारमा मुस्ताङ जिल्लाको बखान धेरै गरेको पाईएको छ ।जुन तथ्य पछिल्लो समय पर्यटक आगमनले समेत प्रष्ट्याई सकेको छ ।यसका साथै मुस्ताङ धार्मिक तथा पर्यटकीय गन्तब्य तथा खनिज तथा जैविक विविधताले समेत अग्रस्थानमा मानिन्छ ।

जिल्लामा करिव १३ हजारको हाराहारीमा यहाँको जनसंख्या छ ।ति मध्ये एक चौथाई जसो बिदेश पलायन छन् ।भएका एक चौथाई १८ वर्षमुनीका बालवालिका छन् ।५ स्थानीयतह कायम भएको मुस्ताङमा गत प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तथ्याक अनुसार ९ हजार ४ सय २७ मतदाता संख्या थियो ।जसमध्ये २ तिहाई मतदाता तल्लो मुस्ताङ अन्र्तगतका पर्छन् ।उपल्लो मुस्ताङमा गुरुङ,लोहा र बिष्ट समूदायको बस्ती छ भने तल्लो मुस्ताङमा विभिन्न जातको थकाली तथा दलित समूदायको बस्ती छ ।यि मध्ये दुई तिहाई जसो मानिस तल्लो मुस्ताङका छन् भने एक तिहाई जसो उपल्लो मुस्ताङका समूदायको बस्ती छ ।


मुुस्ताङ जिल्लाको आर्थिक अर्थतन्त्र कृषि र पर्यटनक्षेत्रले धानिएको छ ।यहाका २ तिहाई समूदायले कृषि पेशालाई अगालिरहेका छन् ।एक चौथाईले होटल व्यवसाय चलाएर बसेको पाईन्छ ।हिमालको चिसो हावापानीमा हर्किईएको र उत्पादन गरिएको यहाको प्रोडक्टले नेपाल लगायत विश्वबजार सम्म चर्चा चुलिएको छ ।हिउको चिस्यान ,हिमाली हावापानी आदीका कारण मुस्ताङको प्रोडक्टको स्वादै बेग्लै हुने गर्छ ।मुस्ताङ घुम्ने पर्यटकले यहाका उत्पादन खोजी खोजी कोशेलीको रुपमा घरमा लैजान्छन् ।उत्पादित सामाग्री किसानले बगैचामै व्यापार खरिद गर्न आउने भएकाले पनि पछिल्लो समय यहाका किसानले स्याउ खेति र फापर र आलु खेति गर्नतर्फ उत्साहि भएर लागिपरेको पाईएको छ ।

अन्नबाली लगाउने खेतहरुकोबीचमा अहिले स्याउका नया बिरुवा लगाउने तर्फ यहाका किसानले सक्रियता देखाईरहेका छन् ।त्यसो त खेति मात्र होईन, यहाका समूदायले पर्यटन व्यवसायलाई पनि फराकिलो बनाउने दिशामा जुटेको पाईएको छ ।साविक स्थापना भएका होटर तथा रेष्टुरेन्टलाई स्तरोन्नति गरिदै पर्यटक धेरै अटाउन सक्ने पूर्वाधारको बिकास गर्न यहाका व्यवसायी जुटेका छन् ।विगत ५ वर्षदेखि मुस्ताङमा सयौ होटल तथा रेष्टुरेन्ट थपिएको मुस्ताङउद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।

करिडोर अन्तर्गतको बेनी जोमसोम कोरला सडक फराकिलो र स्तरबृद्धि गरिदै गर्दा पर्यटक आगमन समेत बृद्धि भएको अध्यक्ष तुलाचनले दावी गरे ।उनका अनुसार वर्षायामको मुख्य समय चैते दशै औशी,बडादशै औशी र दशै,तिहार र छट पर्वको सेरोफेरोमा मुस्ताङका होटलहरुले पर्यटक थेग्न नसकेको सुनाए ।उनले जिल्लाको पर्यटकक्षेत्रको बिकासको द्रुत गतिमा अघि बढिरहेकाले अन्य व्यवसायीलाई समेत होटल व्यवसायमा लाग्न सुझाए ।

तल्लाृे मुस्ताङका घरपझोङ गाउपालिका जोमसोम सदरमुकाम आसपास सयौ होटल तथा रेष्टूरेन्ट संञ्चालनमा छन् ।थासाङ गाउपालिकाको घासा,लेते,कोवाङ र टुकुचेमा पनि सय भन्दा बढी होटल संञ्चालनमा छन् ।वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको कागबेनी,मुक्तिनाथ र छुसाङमा पनि सय भन्दा बढी होटल छ ।

त्यस्तै उपल्लो मुस्ताङको घमी र चराङमा पनि ५० जति होटल छन् भने,उत्तरी कोरलानाकासंग जोडिएको गाउपालिका लोमान्थाङमा पनि सय भन्दा बढी होटल तथा रेष्टुरेन्ट संञ्चालनमा भईरहेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष तुलाचनले जानकारी दिए ।वर्षायाममा अतिनै व्यस्त रहने यहाका पर्यटन व्यवसायी हिउदयामको समय चिसोका कारण पर्यटक नआउदा पुरै फुर्संदिला रहन्छन् ।पर्यटकको चाप न्यून भएपछि जिल्लाको चिसो छल्न बेशी झर्ने गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।उनले यतिखेर पर्यटक नआउने सिजन र स्थानीय व्यवसायी तल झरेका कारण जिल्लानै गुमनाम भएको सुनाए ।उनले जिल्लाका दुई तिहाई जनता बेशी झरेको र सेवाग्राही नभएपछि कार्यालयहरु सेवा विहिन अवस्थामा रहेको जानकारी दिए ।

अफ सिजनको फुर्सदिलो समयको सदुपयोग गर्दे अघिपछि पर्यटकको सेवा गर्दै आईरहेका उनीहरु खुद पर्यटक बनेर स्वदेश तथा बिदेशको घुमघाममा व्यस्त रहने गरेको नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले बताए ।उनले जिल्लाका पर्यटन व्यवसाय ओरालो झरेपनि जिल्लाका कतिपय किसानको वर्षभरीको ईन्धन दाउराको जोहो गर्ने गरेको जानकारी दिए ।उनका अनुसार यतिबेला किसानहरुको स्याउ कटिङ,खेतिको प्रकोप नियन्त्रण आदीकार्यमा जुटेको सुनाए ।


हिउदको जाडो समय तल्लो मुस्ताङमा केही चहलपहल भएपनि उपल्लो मुस्ताङ भने पुरै सुनसान बनेको प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।उनले उपल्लो मुस्ताङका स्थानीयको हिउदको दोश्रो व्यवसाय भनेको बिभिन्न व्यापार आदी भएकाले वर्षेनी जाडो समय उपल्लो मुस्ताङका गाउहरु सुनसान बन्दै आईरहेको जनाए ।लोमान्थाङमा आंशिक होटल खुल्ला भएपनि पुरै गाउ सून्य रहेको उनको भनाई छ ।उपल्लो मुस्ताङमा यो समय अत्यधिक हावाहुरी चल्ने,हिमपात हुने,चिसो सिरेटो चल्ने भएकाले स्थानीयहरु सदियौ देखि परम्परागत रुपमा बेशी झर्नै गरेको दिब्यदिप मावि छोसेरका प्रअ राम्ु श्रेष्ठले बताए ।

उनका अनुसार उपल्लो मुस्ताङका १ दर्जन बिद्यालय १ महिना अगावै घुम्ती कक्षा संचालन गर्न बेशी झरेको जानकारी दिए ।लो घेकरका ११ वटा गाउ समेत बस्ती बिहिन बनेको छ ।गाउपालिकाका प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले चिसोका कारण बस्ती बिहिन भएपछि जिल्ला मुकामबाटै सेवा प्रवाह गर्न सुरु गरेको सुनाए ।बेशी झरेका र बेशीमा बसोबास गर्नेका लागि सहजता र कर्मचारीको सुबिधाका लागि बैकल्पिक व्यवस्था गरिएको ढुङ्गानाको भनाई छ ।

यस्तै ,उपल्लो मुस्ताङको प्रहरी ईकाई समेत जिल्ला मुकाममा मर्ज भएको हो ।उपल्लो मुस्ताङ जाने सडकको समर भियनामा अत्यधिक बरफ जमेकाले १ महिना अगावै सार्वजनिक सवारी साधन बन्द गरिएको हो ।

करिडोरको जोमसोम कोरला सडकको ७ मध्ये ६ वटा प्याकेजको काम चिसोकै कारण रोकिएको करिडोरका ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।छोसेर कोरला १६ किमी सडक भने ३ महिना अगावै करिडोरलाई हस्तान्तर भईसकेको उनले जानकारी दिए ।