समाचार

सेनाले बनाएको पुल तोडफोड

नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोरेको स्थानीयले बताएका छन् ।गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्धघाटन गरेका थिए । क्षेत्रीको नाम सहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताए । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताएका थिए… पुरा पढौ

पाइपलाइनबाटै डिजेल ल्याउने आयल निगमको तयारी,

बैशाखदेखि पाइपलाइनबाट डिजेल ल्याउने तयारी भएको छ । नेपाल आयल निगमले भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनको काम अन्तिम चरणमा रहेको जनाएको छ । तोकिएको समयमा पर्सा राष्ट्रिय निकुञ्जबाट रुख काट्ने काम अघि बढे निर्धारित समयमै पाइपलाइनबाट डिजेल ल्याइनेछ । केही साताअघि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांक्न इआइए स्वीकृत गरेकाले काम छिट्टै सक्ने निगमको दाबी रहेको छ । ईआईएले पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार पाँच सय ६३ वटा… पुरा पढौ

२६वर्षीया पदिकी शेर्पाको हत्या, एक पक्राउ

 सप्तरीमा हराइरहेकी एक महिला हत्या गरिएको अवस्थामा फेला परेकी छन् ।सप्तरीको सप्तकोशी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको शव फेला परेको हो । हत्या आरोपमा प्रहरीले त्यही ठाउँका ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रमेश श्रेष्ठकी श्रीमती शेर्पा यही पुस १२ गते बिहान २ बजे घरबाटै एकाएक बेपत्ता भएकी… पुरा पढौ

तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

 पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका… पुरा पढौ

बृद्ध नेता दाहाललाई कुट्ने वाग्लेलाई प्रहरीको साथ

नेपाली कांग्रेसले सोमबार मेलमिलाप दिवस मनाइरह“दा उक्त पार्टीका एक बृद्ध नेता कांग्रेस समर्थक म्यानपावर ब्यवसायीबाट कुटिएका छन् । म्यानपावर ब्यवसायी हंसराज वाग्लेले नेपाली कांग्रेसका पुराना नेता तुलाराम दाहाललाई कुटपिट गरेका हुन् । निर्वासनमा समेत बसेका नेता दाहाल रेसुंगा रेष्टुरेन्टमा साथीहरुसँग खानपिन गरिरहेका बेला २०७५ पुस ७ मा वाग्लेले एक्कासी गएर उनीमाथि कुटपिट गरेका थिए । म्यानपावर जगतमा गुण्डागर्दीको छवि बनाएका वाग्लेको कुटपिटको शिकार भएका दाहालले महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी… पुरा पढौ

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान दृढतापूर्वक उचाइमा पुग्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक बिन्दुमा पुग्ने बताए । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ‘निर्वाचन मार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक–पटक सङ्कल्प गरेको… पुरा पढौ

सोनम ल्होसारमा तीन दिन बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए । उनले भने, ‘ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।’उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।… पुरा पढौ

फिलिपिन्समा आँधीबाट ६८ जनाको मृत्यु

फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन्। बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ।  अधिकारीहरुले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या २२ रहेको जनाएका थिए। खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ। अझै पनि १७ जना हराइरहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ।  आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा… पुरा पढौ

थाहा नगरपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण

पर्यटकीय नगरी थाहा नगरपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ। तीन नम्बर प्रदेश सरकारले ‘घुम्न जाऔं दामन’ वर्ष घोषणा गरेको थाहा नगरपालिका–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरमा प्याराग्लाइडिङको सफल उडान भएको हो। प्याराग्लाइडिङका प्रवर्द्धक तथा पर्यटन व्यवसायी बैकुण्ठ थापा र पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङ उडाएका थिए। थाहानगर–२, कुटीप्वाकलबाट यसअघि प्याराग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भइसकेको छ। काठमाडौंबाट नजिक रहेको विसिङ्खेलमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको… पुरा पढौ

कुलुङ जातिको महान् पर्व शुरु

कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको गुदेल माविकी महिला शिक्षक तारा कुलुङको भनाइ छ । उनको अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिने गरिएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं