देशै भर चिसो बढ्यो, चन्द्रागिरीमा हिमपात

सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ ।

पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो ।

‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ । काठमाण्डु आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ ।’

यसैबीच राजधानीको चन्द्रागिरीसहित काठमाण्डु आसपासका फूलचोकी र दामनमा हिउँ पर्न सुरू गरेको छ ।

यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ । आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको छ ।