राष्ट्रिय जनमोर्चा कास्कीमा रविमोहन

राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलनले पुनः रविमोहन ढकाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः तमबहादुर रोकामगर, आकाश गौतम, विष्णु पुरी र विक्रम थापा छन् ।


पुस २१ र २२ गते भएको सम्मेलनले सदस्यमा दीपक गुरुङ, जमुना खत्री, सुशीला विक, रामप्रसाद शर्मा, गंगबहादुर थापा, लक्ष्मी कुँवर, रमेश गुरुङ र टीकाराम अधिकारीलाई १३ पूर्ण सदस्य चुनेको छ । २ स्थान रिक्तसहित वैकल्पिक सदस्यमा अर्जुन कार्की र सावित्री जिसी चुनिए
सम्मेलनले मदनमुरारी घिमिरे, हरि बराल, चन्द्रबहादुर केसी, प्रवीण पौडेल, मोहन थापा र सन्तोष पौडेललाई सल्लाहकार चुनेको छ ।


सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले वाह्य शक्तिको प्रभाव र दवावमा नेपालमा संघीयता भित्रिएकाले यो नेपाल र नेपालीको हित विपरीत रहेको दाबी गरे । संघीयता खारेज नै गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वशासनसहितको एकात्मक राज्य प्रणाली अवलम्बन गर्नुपर्नेमा उनले जोड दिएका थिए ।


पछिल्लो पटक एसिया प्यासिफिक सम्मेलन, वाइडवडी जहाज भ्रष्ट्रचार प्रकरण र रेशम चौधरी शपथ ग्रहणले दुई तिहाइको दुहाई दिने सरकारको नैतिकतामाथि नै प्रश्न उठेको उनले बताए ।


सम्मेलनमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, गण्डकी प्रदेश सांसद पियारी थापा, छिमेकी जिल्ला तनहुँ र स्याङ्जाका अध्यक्षद्धय पुष्पलाल श्रेष्ठ र राजेन्द्र गैरे, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष विक्रम थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष सन्तोष पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष दीपक गुरुङ, अखिल छैठौंका जिल्ला अध्यक्ष दानु सारु, अखिल नेपाल महिला संघ कास्कीका अध्यक्ष सपना बराल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) कास्की सचिव नामबहादुर वाठामगर ,अखिल नेपाल वुद्धिजीवी संघका प्रवीण पौडेल, अखिल नेपाल शिक्षक संघका प्रेम थापा, रक्तिम कास्की सचिव दीपा थापा, मूलप्रवाह नेपाली एकता समाज कतारका धनबहादुर परियार र अखिल नेपाल किसान संघ कास्की अध्यक्ष गंगबहादुर थापाले बोलेका थिए ।

रविमोहन ढकालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रबहादुर केसी र सञ्चालन सचिव आकाश गौतमले गरेका थिए ।