नारी उत्थान दिदीबहिनी समूहमा पुन: सरिता घिमिरे

छाेरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहकाे साताैं वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन शनिबार सम्पन्न भयाे।

बेलघारी बहुउद्देश्यीय भवनकाे सभाकक्षमा भएकाे साे अधिवेशनले सरिता घिमिरेकाे अध्यक्षतामा आगामी तीनवर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

समितिकाे उपाध्यक्ष, सचिव , काेषाध्यक्ष र सहसचिवमा क्रमश:जानुका पाैडेल सुवेदी,बिमला भुजेल,शुभ थापा र शारदा सुवेदी एवम् सदस्यहरूमा भीमा अधिकारी, अम्बिका बराल,सुशीला पराजुली,मिना थापा,उषा रिमाल र मुना सुवेदी निर्वाचित भएका छन् ।

साथै मधुमाया सुवेदीकाे संयाेजकत्वमा १५ सदस्यीय साँस्कृतिक उपसमिति गठन भएकाे पनि जनाइएकाे छ । निर्वाचन प्रयाेजनका लागि संस्थाका सल्लाहकार माधव वियाेगीकाे संयाेजकत्वमा अधिवक्ता जानकी शर्मा र युवा समाजसेवी दीपक सुवेदी सदस्य रहेकाे समिति गठन गरिएकाे थियाे ।

यस अघि पानसमा दीप प्रज्ज्वलनका साथ उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाेमनपाका सूचना अधिकृत गङ्गालाल सुवेदीले नारी उत्थान दिदीबहिनी समूहका कार्यक्रमले यस क्षेत्रका नारीहरूलाई अन्यायका विरूध्द लड्न र स्वावलम्बी हुन सिकाएकाे बताए ।

साथै उनले चेतनामूलक कार्यमा महानगर सहयाेग गर्न तत्पर रहेकाे जानकारी समेत दिए ।त्यसै गरी संस्थाका सल्लाहकार एवम् महाकाव्यकार माधव वियाेगीले संस्थाका गतिविधिबारे प्रकाश पार्दै वर्तमान राजनीतिक व्यवस्थाले प्रदान गरेका अधिकारकाे उपभाेग गराउन संस्था सफल बन्दै गएकाे जनाए ।

कार्यक्रममा सामाजिक परिवर्तनका लागि नारी जागरण अभियानकी संयाेजक अधिवक्ता सुष्मा पाैडेल विशेष अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बेलघारी टाेल विकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदी,गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तीलकुमारी ढकाल, शीतल चाैतारी अामा समूहकी उपाध्यक्ष सुमित्रा लम्साल र युवा समाजसेवी दीपक सुवेदीले संस्थागत विकासका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष जानुकका पाैडेल सुवेदीले स्वागत र सचिव रीता सुवेदीले कार्यक्रम सन्चालन गरेका थिए । बन्दसत्रले अध्यक्ष सरिता घिमिरे र काेषाध्यक्ष सम्झना थापाद्वारा प्रस्तुत प्रतिवेदनहरू पारित गरेकाे थियाे ।