धनुषामा ५ वर्षिया बालिका बलात्कृत

 धनुषामा फेरी एक अबोध बालिका बलात्कृत भएकी छन् । हंशपुर नगरपालिका घर भएकी ५ वर्षिया मुखिया थरकी बालिका शुक्रवार दिउँसै बलात्कृत भएकी हुन् ।

स्थानीय करिब ४५ वर्षिया कल्याण बहादुर कार्कीले बलात्कार गरेका छन् । घटनापछि कार्की फरार भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको फुलवारीमा रहेको स्कूल पढ्न गएकी बालिकालाई चकलेटको लोभ देखाएर घर लगी कार्कीले बलात्कार गरेको स्थानीयले जानकारी दिए । बलात्कारपछि बेहोस् अवस्थामा बालिका घर पुगेकी थिइन् ।

त्यसपछि बालिकाकी आमाले स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् । बोल्न समेत नसक्ने अवस्थामा ति बलात्कृत बालिका जनकपुरस्थित अंचल अस्पतालमा उपचार गराएर घर फर्किसकेकी छन् ।

पीडित परिवारले बलात्कार गर्ने कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको छ । इन्सेपक्टर उमाशंकर साहले घटनाका आरोप विरुद्ध पीडित परिवारले जाहेरी दिएपछि उनको खोजी सुरु गरिएको जानकारी दिए ।

हंशपुर घर भएका कार्कि पछिल्लो समय घरजग्गा बेचेर गोदार बस्दै आएका छन् । सम्पत्ति बेचिसकेका कारण कार्की कहिले काँही मात्र हंशपुर आउने गरेका थिए । मधेसमा पछिल्लो समय बालिका बलात्कारको घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।