
लमजुङमा १२ औँ राष्ट्रिय बुद्ध सम्मेलन गरिने भएको छ ।
धर्मोदय सभा केन्द्रिय कार्यलय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा आगामी चैत चैत ८ ,९ र १० गते सम्मेलन गर्न लागिएको हो ।
वेसिशहरमा एक कार्यक्रम विच उक्त वुद्ध सम्मेलन वारे जानकारी दिएको हो । कार्यक्रममा धर्मोदय सभाका केन्द्रिय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
धर्मादय सभाको नियमित कार्यक्रम अन्र्तगत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा राष्ट्रिय बुद्ध सम्मेलन गरिदै आएता पनी लमजुङमा भने यस सम्मेलन पहिलो पटक गर्न लागेको आयोजकले बताएको छ ।
त्यस्तैगरी आजको कार्यक्रमवाट उक्त सम्मेलनका लागी १ हजार १ जनाको मुल समारोह समति सँगै २१ ओटा उपसमिति समेत गठन गरिएको छ ।
सम्मेलनमा शान्ति पद यात्रा, वुद्धहरुको सरोकार र भुमिका वारे कार्यशाला गोष्ठी , घोषणा पत्र जारी, वुद्धको अस्तु धातुको दर्शन , प्रवचन, शान्ति दिप पदयात्रा लगायत विविध साँस्कृतिक कार्यक्रम समेत गरीने धर्मोदय सभा जिल्ला शाखा लमजुङका सदस्य गम प्रसाद गुरुङले बताएका छन् ।
धर्मोदय सभाका केन्दिय महासचिव सागरमान वर्जाचार्यल शान्ति र अहिँसाको प्रतिक गौतम वुद्धवारे धेरै नेपालीलाई समेत ज्ञान नभएको हँदा राष्ट्रिय रुपमा वुद्ध सम्मेलन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य धनञ्जय दवाडी, संविधान सभा सदस्य जमिन्द्र मान घले, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, प्रहरि नायक उपनिरिक्षक यादव ढकाल , लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी अधिंकासले यस्ता राष्ट्रिय वुद्ध सम्मेलनले लमजुङको आर्थिक विकास का साथै कृषि तथा पर्यटन क्षेत्रको समेत प्रचारण प्रसारणमा थप सहयोग पुग्ने वताएका छन् ।