
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो । उनी यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत थिए । गत महीना डा वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो । (रासस)