
बैशाखदेखि पाइपलाइनबाट डिजेल ल्याउने तयारी भएको छ ।
नेपाल आयल निगमले भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनको काम अन्तिम चरणमा रहेको जनाएको छ ।
तोकिएको समयमा पर्सा राष्ट्रिय निकुञ्जबाट रुख काट्ने काम अघि बढे निर्धारित समयमै पाइपलाइनबाट डिजेल ल्याइनेछ ।
केही साताअघि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांक्न इआइए स्वीकृत गरेकाले काम छिट्टै सक्ने निगमको दाबी रहेको छ ।
ईआईएले पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार पाँच सय ६३ वटा ठूला रूख काट्न मिल्ने गरी प्रतिवेदन सहितको स्वीकृति प्रदान गरेको छ ।
एउटा रूख कटान गरेबापत मन्त्रालयले तोेकेको स्थानमा २५ वटा रोपेर पाँच वर्षसम्म हुर्काउनुपर्ने सुझाव दिइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब आठ किलोमिटर पाइपलाइन ओछ्याइने छ ।
रक्सौलस्थित इन्डो नेपाल सीमादेखि अमलेखगन्जको डिपोसम्मको दुरी ३६ दशमलव २ किलोमिटर छ ।
यसमध्ये टुक्राटुक्रा गरी हालसम्म २६ किलोमिटरमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ ।
अब वन क्षेत्रको आठ र अन्य गरी १० किलोमिटरमा ओछ्याउन बाँकी छ ।