नुहाउन मात्र साढे १ लाख खर्च गर्छिन् कमालिया,यस्तो छ खर्च विवरण

पाकिस्तानी मुलका एकजना बेलायती अरबपति मोहम्मद जहूरकी श्रीमती कमालिया हाल ठूलो चर्चाको विषय बनेकी छिन् । यसको कारण हो उनको अद्भूत शौख । उनी आफ्नो सौन्दर्यताको लागि नुहाउन मात्र पनि करिब साढे १ लाख नेपाली रुपयाँ खर्च गर्छिन् ।

नुहाउनका लागि पानी जस्तै पैसा बगाउने उनी प्रत्येक दिन आठ हजार पर्ने कयौं बोतलहरु प्रयोग गर्छिन् । मिडिया रिपोर्टका अनुसार उनको सेवामा दिनरात २२ जना नोकरहरु खटिने गरेका छन् । कमालियाका पति यी नोकरहरुका लागि वर्षेनी करिब ३ करोड खर्च गर्छन् ।

विवाह अघि कमालियाको नाम नताल्या शमरेनकोवा थियो । पछि उनले आफ्नो नाम बदलेकी थिइन् । उनी पहिले मोडल र गायिका थिइन् । उनी वास्तवमा युक्रेनी नागरिक हुन् र रुसमा बस्दै आएकी छिन् । पाकिस्तानमा समय बिताउने क्रममा उनले च्यारिटी प्रोग्राममा पनि काम गरेकी थिइन् ।

उनी हिराजडित घडी लगाउँछिन् जसको मूल्य ६४ लाखभन्दा पनि ज्यादा छ । उनको एउटा चश्माको मूल्य करिब साढे ६ लाख छ । साथै उनको ह्याण्डब्यान्डको मूल्य १ करोड ४४ लाखभन्दा माथि छ ।

उनी वर्षेनी आफ्नो जुत्ताको लागि मात्र ३० लाखभन्दा ज्यादा खर्च गर्छिन् । विदेश भ्रमणका लागि कमालियासँग विभिन्न देशहरुमा १४ वटा घर र दुई वटा निजी जेट विमानहरु छन् । एजेन्सी