समाचार

ट्रम्पले दिए टर्कीलाई ध्वस्त पार्ने धम्की !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द समुदायमाथि हमला गरे ‘टर्कीलाई आर्थिक रुपले ध्वस्त पार्ने’ धम्की दिएका छन् । आइतबारका दुई ट्विटमा राष्ट्रपति ट्रम्पले ‘कुर्दहरुले पनि टर्कीलाई भड्कउने केही गतिविधि नगरून्’ भन्ने आफ्नो चाहना व्यक्त गरे ।   उत्तरी सिरियामा अमेरिकी फौज कुर्दिस लडाकुसँग मिलेर आइएस लडाकुविरुद्ध लड्दै आएको छ । उता, टर्की भने कुर्दिस समूह पिकेके र वाइपिजीलाई आतंककारी मान्दछ । टर्किस राष्ट्रपति रिसेप तैयप अर्डोआन अमेरिकाले कुर्दहरुलाई… पुरा पढौ

मन्त्री रवीन्द्र अधिकारीले बोलेअर्काे झुट

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए। यथार्थमा वाइडबडी विमानको सम्पूर्ण भुक्तानी भइसकेर दुईवटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो। ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि २०७४ साल मंसिर २७ गते सर्वोच्च अदालतबाट वाइडबडी खरिद सम्बन्धमा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारीभित्र… पुरा पढौ

यसकारण बम्जन सार्वजनिक हुन चाहेनन्

रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी… पुरा पढौ

८० वर्षमा उजेलीले पाइन् नागरिकता

तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्क निवासी उजेली गुरुङले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा पुस २९ र ३० गते सञ्चालित घुम्ती शिविरमा गुरुङले नागरिकता लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । प्रशासनले हरेक महिना १ स्थानीय तहमा पुगी जनतालाई सेवा दिने योजना बनाएको छ । शिविरबाट १ सय १२ जनाले नागरिकताको प्रमाणपत्र बनाएका… पुरा पढौ

क्षत्री समाजको महाधिवेशन चैत २३ र २४ मा

क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुने भएको छ । दमौलीमा भएको केन्द्रीय विस्तारित बैठकले यो निर्णय गरेको हो । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकतासहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्थालाई कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक बन्ने केन्द्रीय सचिव कृष्ण थापाले बताए । महाधिवेशनलाई वृहत सहभागितासहित समाजले लिएका माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने भएको छ… पुरा पढौ

प्रमिला तझ्यालाई सिद्धी सेतुली स्मृति पुरस्कार

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ समाजसेवी प्रमिला तझ्या श्रेष्ठ र ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने सिद्धि–सेतुली स्मृति पुरस्कारको राशि १० हजार र सम्मानपत्र छ । यस्तै संस्थापक संरक्षक विश्वरत्न शाक्यकी सानिमाको स्मृतिका स्थापित १० हजार राशिकै ‘सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो । अपांगता भएका हेमबहादुर गुरुङ अपाङ्गता अधिकार अभियन्ता हुन् । उनी हिँडडुल… पुरा पढौ

भगवती र युवाज्योतिका विद्यार्थीलाई न्यानो

सामाजिक जागरणका लागि नारी अभियान नेपालकाे लक्षित वर्गका विद्यार्थीलाइ न्यानाे कपडा वितरण कार्यक्रम निर्तर सञ्चालन भैरहेको छ । पाचौं चरणकाे कार्यक्रम अनुरुप साेमवार पाेखरा २२ पुम्दीभुम्दीका २ विद्यालयमा कपडा वितरण तथा सचेतना जागरण सम्पन्न भएको छ। अन्य कार्यक्रममा अतिथि मञ्चमा बस्ने विद्यार्थी भुइमा बस्ने हुन्छ भने दुइवटै कार्यक्रममा सांसद सहितका अतिथि उभिएएर सञ्चालन गरेका थिए । विद्यार्थी भने कुर्सी तथा कार्पेटमा बसेर न्यानाे कपडा लगाए । गण्डकी प्रदेशका सांसद राजिव… पुरा पढौ

लप्सी टिप्न जाँदा लडेर मृत्यु

अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा १ जनाको लप्सीको बोटबाट लडेर ज्यान गएको छ । ४४ वर्षीय देवेन्द्र गिरी सोमबार लप्सीको बोटबाट अचानक लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । पुरा पढौ

नुवाकोटमा माघे संक्रान्तिको गोरु जुधाइ

माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन शुरु भएको थियो । तर, अहिले जिल्लामा पञ्चकन्या गाउँपालिकाको पञ्चकन्या, लिखु गाउँपालिकाको कट्टिछाप र शिवपुरी गाउँपालिकाको शेराबगरमा समेत गोरु जुधाउन थालिएकोे छ ।  जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइने… पुरा पढौ

मेसिन रिडेबल भिसा लागू गर्ने तयारी

प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ । सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो । सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ । विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन् ।गैरपर्यटकीय पछि पर्यटक भिसावाहकलाई पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं