समाचार

विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको छ :कानूनमन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उनले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत भई संविधानबमोजिम मौलिक हकलगायत ३३९ कानून बनाइसकेको जानकारी दिए । कानूनको पालना गराउन सशक्त योजना बनाई गाउँपालिका र नगरपालिका तहसम्म कानून साक्षर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रदेश… पुरा पढौ

जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ

चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिका सचिव हुन् । उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ । सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा – सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको भने होइन । ‘घरमा बुवा धामी हुनुहुन्छ , महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन् भन्नुहुन्छ, ’ बयकले भने, आफू मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ । पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित… पुरा पढौ

अमेरिकामा राष्ट्रपति पदका लागि हिन्दु सांसदले उम्मेद्वारी दिने

सन् २०२० मा अमेरिका हुन लागिरहेको राष्ट्रपतिय निर्वाचन अहिलेबाट नै चर्चामा आईरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिन यतिबेला केहीले उम्मेद्वारी दिने तयारीमा रहेका छन् । यसैबीच आगामी चुनावमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेद्वार बन्ने भएकी छन् । उनले उम्मेद्वारी दिने घोषणा गरेसंगै अमेरिकामा राष्ट्रपतिय निर्वाचनमा मा पहिलो पटक हिन्दु सांसदले उम्मेद्वारी दिन लागिएको छ । अमेरिकी इतिहासमा नै यो पहिलो पटक हुन लागेको हो । सन् २०१६… पुरा पढौ

प्रेस युनियन पर्वतमा माया अधिकारी

नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौ अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वा्चित गरेको छ । कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गरेका थिए । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको गोलाप्रथाका क्रममा माया पहिलो दुई वर्षे कार्यकालका लागि अध्यक्ष बनेकी छिन् भने पछिल्लो दुई वर्ष उत्तमले जिम्मेवारी लिने प्रेस युनियन पर्वतले जनाएको छ ।… पुरा पढौ

कांग्रेस महासमिति बैठकको खर्च एक करोड २० लाख

कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । ‘हामीले सुरुमा १ करोड खर्चको आकलन गरेका थियौँ । बैठक तीन दिन लम्बिए पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब छ,’ कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले भने,… पुरा पढौ

राजनीतिक र साहित्य मिलेर समाजमा रुपान्तरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताएका छन् । आज यहाँ भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए। साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो । “राजनीति गर्न कला आवश्यक हुन्छ, जनतालाई आफ्ना कुरा अपिल गर्नका लागि राजनीतिक दलले कलालाई प्रयोग गर्नुपर्छ,” अध्यक्ष दाहालले भने ।… पुरा पढौ

भीमादमा जनजाति पत्रकारको प्रादेशिक भेला

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको प्रथम प्रादेशिक भेला १७ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । तनहुँको भीमाद–५ स्थित मिछुर्लुङमा सम्पन्न भेलाद्वारा जारी घोषणापत्रमाश्रमजीवी पत्रकार ऐन तथा सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल प्रदान गर्न माग गरिएको छ । सरकारले हालै निर्माण गरेको समावेशी सञ्चार नीति संघ, प्रदेश र स्थानीय तहमा तत्काल लागु गर्नुपर्ने, सरकारी तथा निजी सञ्चारमाध्यममा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएको… पुरा पढौ

जिल्लाभरकै मासु पसल फोहोर र मापदण्ड पूरा नभएका

जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ । त्यस्तै इतुसा… पुरा पढौ

उज्ज्वल गएर अभियान रोकिँदैन : रवीन्द्र

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताएका छन् । पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गरे । पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन् । मिश्रले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको बताए । “पार्टी छोडेर जाने साथीहरुले… पुरा पढौ

अब महिनावारी हुँदा गयल हुँदैनन् छात्रा

बटरफ्लाई फाउन्डेसन नेपालको आयोजनामा पोखरा महानगरपालिका – २३ ठुलाखेत स्थित सिद्धवराह माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड, प्याडविन, प्लास्टिक लगायतका सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच पोखरा – २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको समुपस्थितिमा विद्यालयका फोकल पर्सन सरिता पराजुलीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । विद्यालयमा प्याड वितरण गर्दै कार्यक्रम संयोजक राधा बरालले महिनावारी हुँदा छात्राहरुमा विभिन्न किसिमका शारीरिक तथा मनोवैज्ञानिक असर पर्ने भएकाले त्यस्तो खालको समस्या… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं