श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् जेल चलान

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् ।

जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।