
पर्वतको कुशमा नगरपालिमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
म्याग्दी जिल्लाको बेनी बाट नारायणगढकाे लागि छुटेको ग१ख ६१०८ नम्बरको बस आज बिहान कुशमा नगरपालिका वाड नं १ माल्ढुङगामा दुर्घटना ग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
बसमा यात्रा गरेका ४१ यात्रु मध्ये ३ जनाकाे घटना स्थलमा र ३जना धाैलागिरी अञ्चल अस्पतालमा उपचार काे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाकी ३८ जना घाइते हरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।गम्भिर घाइतेहरु लाई थप उपचार को लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भएको छ ।