समाचार

हिमपातले हुम्लासँग सम्बन्ध विच्छेद

शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताए । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् । हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको… पुरा पढौ

कास्कीमा जिप दुर्घटनामा चालकको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० हुँदुको भिरमा आज दिउँसो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्नपूर्ण–५ झोबाङ घर भएका जिप धनीसमेत रहेका चालक वर्ष ३५ का भीमबहादुर खत्री क्षेत्रीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । गाउँपालिकाको नयाँपुलबाट वडा नं ११ मच्चुयुतर्फ यात्रु लिन जाँदै गरेको ग१ज ५१९७ नंको जिप दिउँसो १३ः३० बजे सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीको भनाइ छ… पुरा पढौ

‘म रविकी गर्लफ्रेण्ड होइन, अनावश्यक हल्ला फैलाइयो’ :निकिता

डिभोर्स पछी अझै बढी चर्चामा आएका चर्चित पत्रकार रवी लामिछाने र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले आफुहरु राम्रो साथी मात्र भएको बताएका छन् । उनीहरुले शुक्रवार एक्कासी मिडियामा आफुहरुको विवाह भएको भन्ने खबरहरु बाहिरिएपछी कुरा गर्दै भने, ‘हामीहरु राम्रो साथि मात्रै हौँ । ’‘वहाँको पनि भर्खरै डिभोर्स भएको र मेरो पनि डिभोर्स भएको केही महिना मात्र भएका कारण यो हल्ला बाहिरिएको हो । अर्को कुरा हामी एकै अपार्टमेन्टमा बस्छौँ… पुरा पढौ

नारी उत्थान दिदीबहिनी समूहमा पुन: सरिता घिमिरे

छाेरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहकाे साताैं वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन शनिबार सम्पन्न भयाे। बेलघारी बहुउद्देश्यीय भवनकाे सभाकक्षमा भएकाे साे अधिवेशनले सरिता घिमिरेकाे अध्यक्षतामा आगामी तीनवर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । समितिकाे उपाध्यक्ष, सचिव , काेषाध्यक्ष र सहसचिवमा क्रमश:जानुका पाैडेल सुवेदी,बिमला भुजेल,शुभ थापा र शारदा सुवेदी एवम् सदस्यहरूमा भीमा अधिकारी, अम्बिका बराल,सुशीला पराजुली,मिना थापा,उषा रिमाल र मुना सुवेदी निर्वाचित भएका छन् । साथै मधुमाया सुवेदीकाे संयाेजकत्वमा १५ सदस्यीय… पुरा पढौ

धनुषामा ५ वर्षिया बालिका बलात्कृत

 धनुषामा फेरी एक अबोध बालिका बलात्कृत भएकी छन् । हंशपुर नगरपालिका घर भएकी ५ वर्षिया मुखिया थरकी बालिका शुक्रवार दिउँसै बलात्कृत भएकी हुन् । स्थानीय करिब ४५ वर्षिया कल्याण बहादुर कार्कीले बलात्कार गरेका छन् । घटनापछि कार्की फरार भएको प्रहरीले जनाएको छ । घर नजिकैको फुलवारीमा रहेको स्कूल पढ्न गएकी बालिकालाई चकलेटको लोभ देखाएर घर लगी कार्कीले बलात्कार गरेको स्थानीयले जानकारी दिए । बलात्कारपछि बेहोस् अवस्थामा बालिका घर पुगेकी थिइन्… पुरा पढौ

आठ महिनामा ७७ विदेशी निकाला

सरकारले वैशाख यता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको छ। लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन्। गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ। उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ। त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन्। उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन्। जाली भिसा प्रयोग गरेर… पुरा पढौ

मिस मोडल अफ म्याग्दी ‘को उपाधि छन्त्याललाई

किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन् । विजेता छन्त्यालले रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् । फस्ट रनरअफ सोनियालाई म्युजिक भिडियोमा अभिनयको… पुरा पढौ

५ वर्षका सँग मुखमैथुन गर्ने पक्राउ

कास्की प्रहरीले अप्राकृतिक रुपमा मुखमैथुन गराउनेलाई पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ गरेको । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा प्रहरीले पक्राउ गरिएको हो । उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई गरी मुख मैथुन गराएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

विदेशी टिभीमा विज्ञापन अब हेर्नै नपर्ने

सरकारले विज्ञापन प्रकाशन तथा प्रसारण कार्यलाई नियमन गर्न लागेको छ ।विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने, विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अपनाउनुपर्ने सचेतनासमेत उल्लेख गर्नुपर्नेलगायतको व्यवस्थासहित सरकारले कानुन बनाउन लागेको हो । नयाँ पत्रिकामा खबर छ ।  विदेशी टिभी  च्यानल प्रसारणमा कडाइसरकारले तयार गरेको विधेयकअनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन… पुरा पढौ

पार्टी एकता गोठाला मिलेजस्तो होइन

तनहुँ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले पार्टीको तल्लो तहसम्म एकता गर्न केही ढिलाइ भएको बताएका छन् । शुक्लागण्डकी नगरपालिकामा शुक्रबार भएको कार्यकर्ता भेलामा उनले गाईगोरु चराउन गएका गोठाला मिले जस्तो २ भिन्न पार्टीलाई एक बनाउन त्यति सहज नभएको उनले बताए । ‘हामी सकेसम्म पुस महिनाभित्रै तल्लो तहसम्मको एकता गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘ढिलोमा पनि माघ दोस्रो सातासम्म पार्टी एक हुन्छ ।’ उनले राष्ट्रिय आवश्यकताका कारण २ पार्टी एक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं