नेपालगन्जमा पृथ्वी जयन्तीका अवसरमा आज सार्वजनिक विदा

 पृथ्वी जयन्तीको अवसरमा आज नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिएका छन ।

‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख विजयी भएका हुन् ।