इजरायलका पूर्व मन्त्रीलाई जासूस गरेको आरोपमा एघार वर्ष जेल सजाय

इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

जेल सजाय आगामी फेब्रुअरी ११ दिनमा सुनाइने जनाइएको छ । सेगेभले सन् १९९५ बाट १९९६ सम्म उर्जा र निर्माण मन्त्रीको पद सम्हालेका थिए । यसअघि अन्य अपराधहरुको अरोपमा पनि सेगेभले सजाय भोगी सकेका प्राप्त समाचारमा जनाइएको छ ।

सन् २००४ मा करिब ३० हजार नशालु ट्याबलेट तस्करी गरेको र इजरायलबाट नेदरल्याण्डमा जान समयसीमा नाघेको राहदानीको प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो ।