समाचार

निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणको गुथ्थी अझै सुल्झिएको छैन । घटना भएको लामो समय बितिसक्दा पनि प्रहरीले अपराधी सार्वजनिक गर्न सकिरहेको छैन । यसबीचमा सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईरहेको छ । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलालाई सडकमा जम्मा हुने भिडले नभई सरकारले नै न्याय दिने बताएका थिए । यसैबीच निर्मला प्रकरणको अनुसन्धान घरपरिवारबाटै हुनु पर्ने माग गरिएको छ । कञ्चनपुरका अधिकारकर्मीले निर्मलाकै घर परिवारबाट… पुरा पढौ

लागुऔषध र नगदसहित पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका… पुरा पढौ

मुस्ताङमा रोकिएन हिउँ, कृषकहरुमा उत्साह

हिमाली जिल्ला मुस्ताङ गएराति देखि लगातार छिटफुट हिउँ परिरहेको छ ।चालुवर्षको पुस २७ गते आंशिक हिउ परेकोमा आईतबारको मध्यरात देखि लगातार हिउँ पर्न सुरु गरेको हो।हिउ परेपछि स्थानीय घरभित्र बस्न बाध्य भएका छन् भने,हिउँकै कारण जिल्लामा पर्यटकको संख्या बृद्धि हुने अपेक्षा उनीहरुले गरेका छन् । सोमबार बिहानपनी मुस्ताङमा लगातार हिउँ परिरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।हिउँपरेपछि यहाका नाङ्गा डाडाकाढा सेताम्मे बनेको उनले बताए ।मौसम परिवर्तन भएकाले थप हिउ पर्ने… पुरा पढौ

कोरिया छाडेर कृषि पेशा

पाँच वर्ष पहिला कोरिया पुगेका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देखेका थिए । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उनी कोरीया पुगेका थिए । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किए । कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किए । उनले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाले । आधुनिक खोर बनाएर… पुरा पढौ

बिदेशबाट ल्याएका सामानमा कडाई

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिदेशबाट आएका सामानहरुमा कडाई गरिएको छ । बिषेशगरी बिदेशबाट स्वदेश फर्किएकाहरुले ल्याउँने सामानहरुमा विमानस्थलले कडाई गरेको छ । जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गरिने भएको छ । बिदेशबाट ल्याईने सामाहरुमा बिषेशगरी इलेक्ट्रोनिक्स र मदिरामा केही सहुलियत दिईएको थियो भने अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुनेछ । ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट… पुरा पढौ

देशै भर चिसो बढ्यो, चन्द्रागिरीमा हिमपात

सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ । पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो । ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ । काठमाण्डु आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ… पुरा पढौ

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ । खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ । गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा… पुरा पढौ

कोमागानेका उपमेयर र विद्यार्थीलाई पोखरामा स्वागत

पोखरा भ्रमणमा आएको जापानको कोमागाने सहरका उपप्रमुख र विद्यार्थीको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा उपप्रमुखसहित विद्यार्थी र शिक्षक छन् । उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाग्रा लगाइदिइन् । गुरुङले कोमागाने पोखराबीच भगिनी सम्बन्ध स्थापना भएको १८ वर्ष बितेको बताउँदै उपप्रमुख र विद्यार्थीसहितको भ्रमणले सम्बन्धलाई अझै प्रगाढ बनाउने… पुरा पढौ

सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । सेनकालीन समयमा निर्माण भएको गैंडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन् । किंवदन्ती अनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरेका हुन । पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको सुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस… पुरा पढौ

राष्ट्रिय जनमोर्चा कास्कीमा रविमोहन

राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलनले पुनः रविमोहन ढकाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः तमबहादुर रोकामगर, आकाश गौतम, विष्णु पुरी र विक्रम थापा छन् । पुस २१ र २२ गते भएको सम्मेलनले सदस्यमा दीपक गुरुङ, जमुना खत्री, सुशीला विक, रामप्रसाद शर्मा, गंगबहादुर थापा, लक्ष्मी कुँवर, रमेश गुरुङ र टीकाराम अधिकारीलाई १३ पूर्ण सदस्य चुनेको छ । २ स्थान रिक्तसहित वैकल्पिक सदस्यमा अर्जुन कार्की… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं