एक वृद्ध मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् ।

हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०÷६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका छन्।

 धादिङ घर बताउने विक विगत पाँच÷छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।