जिप दुर्घटना हुदा १ जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेवगाँउपालीका वडा नम्बर ७ देउरालीमा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाईते भएका छन् ।

बिहिवार दिउसो सन्धिखर्क बाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १७६८ नम्बरकोजिपअर्घाखाँची र गुल्मी जिल्लाको सिमा क्षेत्र नजिकै देउरालीमा दुर्घटना हुदाअर्घाखाँची भुमिका स्थाननगरपालीका ५ बस्ने फुर्सीदेवी बर्नेलको उपचारको क्रममा गएराती मृत्यु भएको हो ।

दुर्घटनामा परिघाइतेहुनेहरुमा अर्घाखाँची छत्रदेबगाउँपालिका, ४ का सरिता पाण्डे, गुल्मी दरबारदेवी स्थानगाउँपालिका, ३ का जिप चालक कृष्णबहादुरक्षेत्री , गुल्मीरेसुङ्गा नगरपालिका, ७ बस्नेगितापन्थी र सन्धिखर्क नगरपालिका,१२ बस्ने सिमकला कुवँर रहेका छन् ।

घाईतेमध्ये १ जनाको पाल्पामा र अन्य ३ जनाको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।