बलिउडमा आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्ध र ब्रेकअपको कारण चर्चामा आउँने नायक हुन रणबिर कपुर । दिपिका पादुकोणसंग ब्रेकअपपछि रणबिरको प्रेम सम्बन्ध कैटरिना कैफसंग रह्यो तर उनीसंग पनि रणबिरको ब्रेकअप भयो ।
उनका पूर्व प्रेमीकाहरु रणबिर उनीहरुकै भाषामा भन्न पर्दा प्ले ब्योई स्वभावका छन् जसको कारण उनको प्रेम कुनै एक जना युवतीसंग मात्र नटिक्ने बताउँदै आएका छन् । सञ्जुको सफलतापछि रातारात स्टार बनेका रणबिर यतिबेला क्युट नायिका अलिया भट्टसंग प्रेम सम्बन्धमा रहेका छन् ।
ब्रह्मास्त्र फिल्मको सुटिङमा रहँदा यी दुई प्रेम सम्बन्धमा परेका थिए । आलियाले मिडियामा सार्वजनिक रुपमा नै रणबिर आफनो प्रेमी भएको स्वीकार गरिसकेकी छिन् । उता यी दुबैको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकृती दिईसकेका छन् ।
आलिया पनि रणबिरको परिवारसंग निकै घुलमिल भईसकेकी छिन् भने दुबै परिवार पनि उनीहरुको सम्बन्धको कारण नजिक भईसकेका छन् । जुन भित्र इन्गेज्मेण्ट गरेपछि बिवाह पनि यही बर्षभित्र हुन सक्ने बताईएको छ ।
उता रणबिर भने इन्गेज्मेण्ट गर्ने भए पनि तत्काल बिवाहका लागि भने राजी छैनन । तर आमा नीतु कपुरले इन्गेज्मेण्टका लागि भने उनलाई राजी गराएका छन् । अब हेरौँ रणबिरको यो प्रेम कहिलेसम्म टिक्छ ।




