समाचार

बाँदरलाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक महिलालाई ३ वर्ष जेल

तपाई हामीले महिला माथि यौन दुव्र्यवहार गरेका त सुन्ने गर्नु भएकोनै होला ? भने कति महिलाहरु त यस्तो पनि होलान् जस्ले यौन दुव्र्यवहार खेप्नु पनि भएको छ । तर आज हामी तपाईहरुलाई यस्तो खवर सुनाउदै छौ जो सधै अरुको यौन दुव्र्यवहार खेप्नुपर्ने महिलाले नै अरुलाई दुव्र्यवहार गरेको छ । त्यो भन्दा पनि अच्चमलाग्दो कुरा त के छ भने अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले मानिसलाई नभई जनावरलाई यौन दुव्र्यवहार गरेका छन्… पुरा पढौ

छोराको हत्या घटनामा न्याय नपाएपछि युएन गुहार्दै गंगामाया

 सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) गुहार्ने भएकी छिन् ।  छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्रा्ष्ट्रियकरण गर्न लागेकी हुन् ।  अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम रहेको छ । अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी छन् । पुरा पढौ

रक्सी खाएर ११६ नेपाली युएईको जेलमा

मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो । मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण ११६ नेपाली कारागारमा… पुरा पढौ

६ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए । दुवै… पुरा पढौ

गण्डकी अटो मेकानिक्समा सानुमान

गण्डकी अटो मेकानिक्स वक्र्स एसोसिएसनको २७ औं साधारणसभा एवं तेह्रौं अधिवेशनले सानुमान जलारीको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा किरण कपाली, उपाध्यक्षमा सन्तोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष रत्नबहादुर थापा, सचिव योगेन्द्र राज भण्डारी र सहकोषाध्यक्षमा अर्जुनप्रसाद उप्रेती चयन भएका छन् । सदस्यमा छमबहादुर खत्री, हिमाल तिम्सिना, रामचन्द्र पौडेल, डेडबहादुर गुरुङ, सोमबहादुर गुरुङ, कृष्णबहादुर खाँड, विष्णुप्रसाद अधिकारी र भीमलाल पौडेल छन् । उपसमिति संयोजकमा नवराज सुनार,… पुरा पढौ

पोखरा २५ मा मेलमिलाप केन्द्र सुरु

पोखरा २५ मा महानगरको न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरेको छ । पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गर्दै वडा तहका विवाद वडामै समाधान गर्न सके सद्भाव कायम हुने बताइन् । उनले भनिन्,‘विवादका पक्ष र विपक्ष दुवैलाई भावनात्मक रुपमा मिलाउन सकेमात्रै समाजमा सद्भाव कायम हुन्छ, त्यसैले मेलमिलापमा जोड दिइएको हो ।’ संयोजक गुरुङले ११ वटा विवादमा मेलमिलाप… पुरा पढौ

प्रदेश र स्थानीय तहमा जान चाहन्छन् कर्मचारी

कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ । अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो तहमा कर्मचारीको आकर्षण बढेको हो । यसअघि सरकारले सङ्घमा मात्र रहने… पुरा पढौ

हिन्द’स्तानमा म’स्लिम नागरिकलाई पक्षपात

भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो । नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् । नयाँ कानूनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ । नागरिकताका… पुरा पढौ

भत्ता पाइने आशमा धेरै सन्तान

यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक २ हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्मासकेकी… पुरा पढौ

सैनिकले चिर्पटले हानेर श्रीमती मारे

बर्दीयाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिरपटले टाउको हानि सोमबार राति हत्या गरेका छन् । अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुस्मा कुँवरलाई राति ११ बजेतिर चिरपट प्रहार गरी हत्या गरेका हुन । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले राति मधुवन नगरपालिकाको सानोश्रीमा पक्राउ गरेको थियो । बोहराका आमा मैयाँ र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं