मगर संघ गण्डकीमा सिद्धान्त गर्जामगर

नेपाल मगर सघं गण्डकी प्रदेश अध्यक्षमा तनहुँका सिद्धान्त गर्जामगर निर्वाचित भएका छन् ।

सघंले आइतबार बागलुङमा पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते भएको सघंको प्रथम अधिवेशनबाट अध्यक्षमा गर्जासहित ३५ सदस्यीय नर्या कार्य समिति चयन भएको जानकारी गराएको हो ।

समितिको प्रथम उपाध्यक्षमा बागलुङका गणेश थापा मगर, उपाध्यक्षमा हेमबहादुर थापामगर, मुख्य सचिवमा पर्वतका विष्णुबहादुर रानामगर, सचिवमा स्याङ्जाका हेमन्त थापामगर, म्याग्दीका राजकुमार थापामगर, नवलपुरका देवीसरा पुलामीमगर नवलपुर महिला सचिवमा कास्कीका तारामाया थापामगर, कोषाध्यक्षमा नवलपुरका तुलबहादुर सुनारीमगर र सहकोषाध्यक्षमा गोर्खाका मोहन थापामगर चयन भए ।

समितिका सदस्यमा यामकुमारी रानामगर, डिलबहादुर आलेमगर, नन्दबहादुर थापामगर, भीमकुमारी आले, इन्द्रबहादुर थापामगर, पवित्रा थापामगर, टंकबहादुर रानामगर, इन्द्रमाया रानामगर, सुस्मीता थापामगर, उत्तमप्रसाद वकावल मगर, सिहंबहादुर ढेंगामगर, रासबहादुर थापा मगर र बुद्धिकुमारी थापामगर छन् ।

ज्ञानीसरा थापामगर, दानबहादुर थापामगर, नारायण थापामगर, लक्ष्मी रानामगर, बालकुमार रोका मगर, अनिल रामजालीमगर, यामकुमारी गर्बुजामगर, भवानीशंकर पुनमगर, छविकला थापामगर, योगेश भण्डारी मगर, जितबहादुर पुनमगर र यामबहादुर पुनमगर पनि सदस्य निर्वाचित भएका छन् ।
अधिवेशनले ११ बुदे बागलुङ घोषणापत्र जारी गरेको छ । सघंले जारी गरेको घोषणापत्रमा नेपालको संविधान २०७२ ले टुक्राइएको ऐतिहासिक मगरात भूमिलाई भौगोलिक निरन्तरताका आधारमा एकताबद्ध गर्दै नयाँ सिमांकनसहितको मगरात प्रदेश प्राप्तिका लागि संघर्षलाई जारी राख्ने जनाएको छ ।