सिडेन गण्डकीमा सुरेन्द्र पाण्डे

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेमराज कोइराला, सचिवमा राजीव रिमाल, सहसचिवमा अजित केसी र कोषाध्यक्षमा धु्रवकुमार वाग्ले चयन भए ।

सदस्यमा हेमप्रसाद गुरुङ, बलराम पाठक, सन्तोष ओझा, मनोज गिरी, सन्देश पराजुली, कृष्ण घिमिरे, पारस रेग्मी, अञ्जनदेव ढकाल, गणेश पाण्डे, विनोद शर्मा, अमित रौनियार, सन्दिप कँडेल र आदर्श लामिछाने चुनिए ।