गण्डकीमा आपतकालीन उद्धार गर्न संयन्त्र

सामाजिक विकास मन्त्रालयको मातहतमा रहने गरी १५ सदस्यीय प्रदेश स्तरीय आपतकालिन उद्धार संयन्त्र गठनगरिएको छ । सामाजिक महाशाखाका प्रमुख तुलसा अर्यालको संयोजकत्वमा गठित संयन्त्रको सदस्य सचिवमा केन्द्रिय बाल कल्याण समितिका सदस्य एवं तत् अन्र्तगत गण्डकी प्रदेशका फोकलपर्शन डा. राजेन्द्र गौतम छन् ।

सदस्यमा गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, बालगृहह?को महासंघ नेपालका महासचिव विजयकुमार प्रधान, गैसस महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाललगायत छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामा आईपर्ने आपतकालिन अवस्थामा सक्रियतापूर्वक काम गर्ने उद्देश्यले संयन्त्र बनाइएको हो ।