कंगोमा साम्प्रदायिक दङ्गा,तीन दिनमै ८९०जनाको मृत्यु

 कङ्गोमा भड्किएको साम्प्रदायिक दङ्गाले भयावह रुप लिएको छ । साम्प्रदायिक दङ्गामा परी तीन दिनमै ८९० जनाको मृत्यु भएको छ ।

कङ्गोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको हो । एजेन्सी