समाचार

स्याङ्जाली सम्पर्क सदनमा लीला

स्याङ्जाली सम्पर्क सदन पोखरामा नयाँ नेतृत्व चयन भएको छ । सदनको २५ औं साधारणसभा तथा १२ औं अधिवशेसनले लीलानाथ पंगेनीको अध्यक्षतामा नयाँ समिति चुनेको हो । समितिको निवर्तमान अध्यक्षमा चीरञ्जीवी पोखरेल, प्रथम उपाध्यक्ष लालीमाया रेग्मी, द्धितीय उपाध्यक्ष तारा गौतम सुनार र तृतीय उपाध्यक्ष डोलराज पोखरेल छन् । समितिको महासचिवमा धर्मराज अर्याल र सचिवमा गोबिन्द काफ्ले, कोषाध्यक्ष विष्णुमाया गुरुङ र सदस्यहरुमा किशोरकुमार पौडेल, शिवबहादुर थापा, धर्मदत्त तिम्सिना, विष्णुप्रसाद पोखरेल, दिनदयाल पाण्डे,… पुरा पढौ

कतार विश्वककै धनी देश

विश्वमा सबैभन्दा धनी देश कन होला ? सामान्यता हामी अनुमान गछौँ चीन, अमेरिका या युरोपियन देशहरु धनी हुनुपर्छ । तर विश्व बैकले सार्वजनिक गरेको तथ्याक अनुसार एसियाका राष्ट्रहरु सबैभन्दा धनी देखिएका छ । प्रति व्यक्ति ११८.२९७ हजार डलरसहित एसियाका कतार देश विश्वको धनी देश बनेका छन् भने मकाउ दोस्रो, सिंगाप’र चौथो ब्रुनाई पाँचौ, कुवेत छैटौँ र संयुक्त अरब सातौँ स्थानमा छ । सबैभन्दा धनी देशको मुल्याङ्कन गर्दा एउटा बाटो अपनाउने… पुरा पढौ

कपुर आलियासंग इन्गेज्मेण्ट गर्नका लागि तयार

बलिउडमा आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्ध र ब्रेकअपको कारण चर्चामा आउँने नायक हुन रणबिर कपुर । दिपिका पादुकोणसंग ब्रेकअपपछि रणबिरको प्रेम सम्बन्ध कैटरिना कैफसंग रह्यो तर उनीसंग पनि रणबिरको ब्रेकअप भयो । उनका पूर्व प्रेमीकाहरु रणबिर उनीहरुकै भाषामा भन्न पर्दा प्ले ब्योई स्वभावका छन् जसको कारण उनको प्रेम कुनै एक जना युवतीसंग मात्र नटिक्ने बताउँदै आएका छन् । सञ्जुको सफलतापछि रातारात स्टार बनेका रणबिर यतिबेला क्युट नायिका अलिया भट्टसंग… पुरा पढौ

विद्यादेवी भण्डारीद्वारा शाहप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले २९७ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी छन् । सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका… पुरा पढौ

श्रीमती भनेर छोरीलाई गरे बलत्कार

आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको रहेको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेकोे बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए । आफ्नो अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताइदिएका थिए… पुरा पढौ

मूर्ति चोरेकोआरोपमा वडाध्यक्ष गुरुङ पक्राउ

हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् ।  उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको छ ।  गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा… पुरा पढौ

 एक वृद्ध मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०÷६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका छन्।  धादिङ घर बताउने विक विगत पाँच÷छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

बसले किचेर एक युवाको मृत्यु

तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।… पुरा पढौ

पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद् विभूती पोखरेलले राससलाई जानकारी दिएका छन् त्यस्तै भोलि पनि मौसममा आंशिकदेखि… पुरा पढौ

जिप दुर्घटना हुदा १ जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेवगाँउपालीका वडा नम्बर ७ देउरालीमा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाईते भएका छन् । बिहिवार दिउसो सन्धिखर्क बाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १७६८ नम्बरकोजिपअर्घाखाँची र गुल्मी जिल्लाको सिमा क्षेत्र नजिकै देउरालीमा दुर्घटना हुदाअर्घाखाँची भुमिका स्थाननगरपालीका ५ बस्ने फुर्सीदेवी बर्नेलको उपचारको क्रममा गएराती मृत्यु भएको हो । दुर्घटनामा परिघाइतेहुनेहरुमा अर्घाखाँची छत्रदेबगाउँपालिका, ४ का सरिता पाण्डे, गुल्मी दरबारदेवी स्थानगाउँपालिका, ३ का जिप… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं