गौरवका आयोजना ल्याएका छौं ःसांसद बिष्ट


गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टले चालुवर्ष प्रदेशका ११ वटै जिल्लाहरुको बृहत्तर बिकासका लागि प्रदेश सरकारले गौरवको आयोजना अघि ल्याएको बताएका छन् ।उनलेकेन्द्रिय सरकारले उत्तरी चिन जोड्ने बहुचर्चित कोरलानाका जोड्ने सडकको राष्ट्रिय गौरवको आयोजना अघि बढाईरहेको उल्लेख गर्दे उनले मुस्ताङ,मनाङ र गोर्खालाई जोड्ने विशेष पर्यटकीय हबको रुपमा बिकास गर्ने प्रदेश सरकार लागि परेको सुनाए । मुस्ताङ शाक्या बौद्ध संघले आयोजना गरेको त्रि–भाषा वक्तृत्वकला तथा भोट भाषा हाजिर जवाफ प्रतियोगितको बुधबार समापन समारोहमा बोल्दै सांसद बिष्टले उक्त बिचार व्यक्त गरेका हुन् ।


प्राकृतिक धरोहरको रुपमा हामीले अथाह संम्पती पाईएतापनि मानव निर्मित सम्पदाको बिकासमा खडेरी परेको उनले दुखेसो पोखे ।उनले राणाकालमा केही यस्ता मानव निर्मित सम्पदाको बिकास भएतापनि पछिल्लो समय पूरातात्तिक तथा धार्मिक संम्पदाको बिकासमा कमी आएको खुलाए ।सांसद बिष्टले धार्मिक तथा भौतिक संम्पदाको बिकास तथा संरक्षणमा बुद्धिस शाक्या नेतृत्वले ठाउ–ठाउमा गुम्बा र स्तुपा आदीको बिकास र संरक्षण गरेको खुलाउदै उनले यस्तो संस्थालाई आफ्नो सहयोग रहिरहने प्रतिवद्धता जनाए ।बौद्ध संघले शिक्षाको बिकास र भाषाको संरक्षणमा लागेको दोहो¥याउदै सांसद बिष्टले यसले दुरदराजका बालवालिकाहरुको मनोबल र उत्साह उच्चपार्न सफल भएको दावी गरे ।


शिक्षा बिकास निर्देशानालयका गण्डकी प्रदेश निर्देशक बाबुराम ढुङ्गानाले धार्मिक रुपमा खोलिएका गुम्बा बिद्यालयहरुलाई मुलधारमा ल्याउन सरकारले प्रयास गरेको जानकारी दिए ।उनले खोलिएका यस्ता शिक्षण संस्थाको समन्वयको अभाव रहेकाले पुरै गुम्बा बिद्यालय सरकारको पहुचमा ल्याउन कठिन भएको उल्लेख गरे ।शिक्षाको बिकास गर्ने उद्देश्यले खोलिएका गुम्बा बिद्यालयलाई राज्यले समेट्नु पर्ने सुझाउदै उनले यसबाट उत्पादित जनशक्तिको कार्यक्षमता,दक्षता र योग्यतालाई सरकारले बिकेन्द्रिकृत गर्न सहयोग गर्न आवश्यक रहेको औल्याए ।


नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले सरकारले गुम्बा बिद्यालयहरुलाई उपेक्षा गरेको गुनासो गरे ।उनले धार्मिक रुपमा खोलिएका बिद्यालयमा पनि सरकारी स्तरको पढाई हुने भएकाले सरकारले दिने सेवा सुविधामा भेदभाव हुन नहुने बताए ।त्यस्तै,बौद्ध संघका उपाध्यक्ष छिरिङ टसीलामाले संघले दुरदराजका गुम्बा बिद्यालयहरुमा पढ्ने बिद्यार्थीको नैतिक,शैक्षिक र आधुनिक शिक्षाको बिकासका लागि कार्यक्रम गर्दे आईरहेको जानकारी दिए ।


संघले आयोजना गरेको दुई दिने त्रि–भाषा बक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगितामा कुल १० बिद्यालय मध्ये पाल एवं नाम्ग्याल गुम्बा बिद्यालय छोनुप सर्वोउत्कृष्ट बिद्यालयको रुपमा घोषित भएको छ ।प्रतियोगिताको हाजिर जवाफ तर्फ पाल एवं नाम्ग्याल गुम्बा छोनुप पहिलो ,जोमसोम गुम्बा जोमसोम दोश्रो र निफुक धार्केलिङ गुम्बा छोसेर तेश्रो भए ।

भोट भाषाको बक्तृत्वकलामा कागछोदे गुम्बा कागबेनी पहिलो, महाकरुणा शाक्यापा गुम्बा लोमान्थाङ दोश्रो र चराङ छोदे गुम्बा चराङ तेश्रो भएका थिए ।यस्तै,अंग्रजी भाषाको बक्तृत्वकलातर्फ पाल एंव नम्ग्याल गुम्बा छोनुप प्रथम ,कागछोदे गुम्बा कागबेनी दोश्रो र श्रीमहाकरुणा शाक्यापा गुम्बा लोमान्थाङ तेश्रो भ एभने,नेपाली भाषातर्फ चराङ छोदे गुम्बा चराङ पहिलो,जोमसोम गुम्बा दोश्रो र कागछोदे गुम्बा तेश्रो भएका थिए ।


कार्यक्रममा पुरस्कृत प्रतियोगी बिद्यालय तथा बिद्यार्थीहरुलाई गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट ,बौद्ध संघका उपाध्यक्ष छिरिङ टसी गुरुङ,श्रोत ब्यक्ति गोबिन्द श्रेष्ठ तथा बिभिन्न बुद्धिस गुम्बाका लामाहरुले पुरस्कार ,प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए।