एक युवकको शव फेला

राजधानीमा एक युवकको शव फेला परेको छ । ललितपुरको धोबिघाटस्थित चक्रपथको नालीमा बुधबार बिहान सो शव फेला परेको हो ।

युवकको परिचय खुल्न सकेको छैन भने उनको निधनको कारण पनि नखुलेको प्र्रहरीले जनाएको छ ।

शव फेला परेको स्थान वरपर सिसाका टुक्राहरु भएकोले राती कुनै सवारी ठक्कर दिएर वा हत्या गरेर नालीमा फ्याकिएको हुन सक्ने अुनमान गरिएको छ ।