हत्या अरोपीलाई समात्न प्रहरीले गोली चलाए

बर्दियामा एक हत्या आरोपीलाई प्रहरीले गोली चलाएको छ । गत वर्षको माघ २६ गते विभत्स हत्या गरिएका सुर्खेतका दीपकसिंह ठकुरीका हत्या आरोपी युवराज गिरीलाई भाग्न खोज्दा गोली चलाएका हुन ।

उनलाई पक्राउ गर्न खोज्दा आक्रमक गतिविधि गरेपछि गोली चलाएको डीआईजी पिताम्बर अधिकारीले जनाएका छन् । यस अघि घटनामा संलग्न भरत शाहीलाई प्रहरीले गरिसकेको थियो । शाहीकै बयानका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोली गिरी लाई पक्राउ गर्न गएका हुन ।

खुट्टामा गोली लागेका घाईतेलाई उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल राखिएको छ । बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका ठकुरीको विभत्स हत्या भएको थियो ।