बालिका बलात्कार गर्ने थापा सार्वजनिक

एक बालिकालाई बलात्कार गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएकोे प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेका थिए ।थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए ।

अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । (रासस)