पोखरामा मुस्ताङका स्कुलको अतिरिक्त क्रियाकलाप

हिउदयामको चिसो छल्न उपल्लो मुस्ताङबाट पोखराका बिभिन्न स्थानमा घुम्ती कक्षा संञ्चालन गर्दै आईरहेका बिद््यालयबीच २ दिने अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ तथा बक्तृत्वकला प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिता बुधबार सम्म जारी रहने मुस्ताङ शाक्या बौद्ध संघले जनाईएको छ ।

पोखराको हेम्जा याम्दीमा सुरु भएको प्रतियोगितामा जिल्लाका ६ बुद्धिस गुम्बा बिद््यालय र २ सामूदायिक आधारभुत बिद््यायलले सहभागिता जनाएका छन्् ।त्यस्तै ,पोखराका २ बुद्धिस गुम्बा बिद््यालय पनि थपिएका हुन्् ।उपल्लो मुस्ताङका बिद््यालहरुमा पढ््ने बालवालिकाहरुको नीति शिक्षा तथा बिद्यमान आधुनिक शिक्षाको बिकास गर्ने उद्देश्यले बौद्ध संघले कार्यक्रम आयोजना गरेको बौद्ध संघका उपाध्यक्ष छिरिङटसी गुरुङले जानकारी दिए ।

उनले संघ मार्फत उपल्लो मुस्ताङमा संञ्चालित गुम्बा तथा सामूदायिक बिद््यालयलाई लक्ष्य गर्दै वर्षेनी यसप्रकारको कार्यक्रम आयोजना गर्ने गरेको खुलाए ।संघले २०१६ देखि उपल्लो मुस्ताङका गुम्बा तथा सामूदायिक बिद््यालयहरुलाई एकै मञ्चमा राखेर नीति शिक्षा. तथा बर्तमान आधुनिक शिक्षाको बिकासका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आईरहेको संघका उपाध्यक्ष लामाले बताए । पोखराको हेम्जा याम्दी स्थित पेमा छाल उच्चशिखर बिद््यालयमा भएको कार्यक्रमको मुस्ताङका प्रदेश सांसद ईन्द्रधारा बिष्टले एक समारोहकाबीच मंगलबार पानसमा दियो प्रज्वलन गरेर कार्यक्रमको सुभारम्भ गरे ।सो अवसरमा सांसद बिष्टले बुद्धिस धर्म तथा सामूदायिक बिद््यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न यसप्रकारको कार्यक्रम फलदायी रहने उल्लेख गरे । उनले उपल्लो मुस्ताङका बालवालिकाहरुको शैक्षिक भविष्य उज्वल गराउन संघले गरेको कार्यक्रम उत्कृष्ठ रहेको दावी गरे ।

यसअघि मुस्ताङ शाक्या बौद्ध संघका बरिष्ठ लामा गुरु ज्यूहरुबाट पुजा आराधना गरिएको थियो ।कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई मुस्ताङका प्रमुख मतिलाल चपाईको पनि उपस्थिती रहेको थियो ।


हाजिरी जवाफ तथा बक्तृत्वकला प्रतियोगितामा ८ गुम्बा बिद््यालय र २ सामुदायिक बिद््यालयका कुल ५० जना बिद््यार्थीबीच प्रतिस्पर्धा गराईने भएको छ ।खुल्ला बक्तृत्वकला बिधातर्फ नेपाली,अंग्रेजी र तीब्बतीयनगरी ३ भाषामा अलग–अलग प्रतिस्पर्धा गराईने प्रतियोगिता आयोजक बौद्ध संघले जनाएको छ ।बक्तृत्वकलाको नेपाली भाषातर्फ शिर्षक असलबानीको बिकास ,अंग्रजीतर्फ यूवापुस्ताको भुमिका र तीब्बतीयन भाषातर्फको शिर्षकमा धर्मको महत्वबारे प्रतिस्पर्धा हुनेछ ।

गत वर्ष मुस्ताङमा भएको कार्यक्रममा संघले बुद्ध धर्म संम्वन्धि बिद््यार्थीलाई प्रतिस्पर्धा गराएको थियो भने आगामी वर्ष संगम्् शरणम्् गच्छामी शिर्षकको तिब्बतीयन भाषामा प्रतिस्पर्धा गराउने जनाएको छ ।

प्रत्येक गुम्बा तथा सामुदायिक बिद्यालयका ५–५ जना बिद््यार्थीले बक्तृत्वकला र हाजिरी जवाफमा सहभागिता जनाउने छन्् ।यसवर्ष मुस्ताङबाट नीफुक धार्केलिङ गुम्बा छोसेर ,पाल नाम्ग्याल गुम्बा छोनुप,महाकरुणा शाक्यापा गुम्बा लोमान्थाङ,चराङ धार्केलिङ गुम्बा चराङ,कागछोदे गुम्बा कागबेनी,राष्ट्रिय आधारभुत बिद््यालय लोमान्थाङ,जनज्योति आधारभुत बिद््यालय घीलिङ,जोमसोम गुम्बा बिद््यालय,हिमालय बुद्धिस एकेडेमी पोखरा र पेमा छाल शाक्या आधारभुत गुम्बा बिद््यालय सहभागि हुदैछन्् ।

तर,उपल्लो मुस्ताङबाट घुम्तीमा पोखरा झरेका कतिपय सामुदायिक बिद््यालले भने कार्यक्रममा सहभागिता जनाउन सकेनन्् ।बौद्ध संघले उपल्लो मुस्ताङमा संञ्चालन भएका बौद्धिस गुम्बा बिद्यालयहरुको स्तरोन्नति तथा शैक्षिक बिकासमा योगदान गर्ने लक्ष्य रहेको संघले जनाएको छ।