एक किलो सुनसहित तीन महिला पक्राउ

 काठमाडौ न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित पक्राउ गरेको हो ।

उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका महिला कालिकोटका भए पनि उनीहरुको परिचय गोप्य राखिएको छ । पक्राउ पर्नेमा एक जना सुन व्यापारी समेत छन् । अन्य दुई जना भने सुन तस्करीका भरिया मात्र भएको खुलेको प्रहरीले जनाएको छ । बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ ।