प्रमिला तझ्यालाई सिद्धी सेतुली स्मृति पुरस्कार

- ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ समाजसेवी प्रमिला तझ्या श्रेष्ठ र ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गरिने भएको छ ।

प्रत्येक २ वर्षमा प्रदान गरिने सिद्धि–सेतुली स्मृति पुरस्कारको राशि १० हजार र सम्मानपत्र छ । यस्तै संस्थापक संरक्षक विश्वरत्न शाक्यकी सानिमाको स्मृतिका स्थापित १० हजार राशिकै ‘सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो ।

अपांगता भएका हेमबहादुर गुरुङ अपाङ्गता अधिकार अभियन्ता हुन् । उनी हिँडडुल गर्न ह्वीलचियर प्रयोग गर्छन् । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराको कार्य समिति बैठकले यही माघ ७ गते सोमबार दुवै पुरस्कार प्रमिला र हेमलाई सम्मान गर्ने निर्णय गरेको हो ।

‘सानिमा स्मृति पुरस्कार तथा सम्मान’ का लागि संस्थापक संरक्षक विश्वरत्न शाक्यका परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना भएको थियो ।