मुख्य समाचार

मकालु गाउँपालिकामा नेकपाका पोख्रेलको जित

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजय भएको छ। नेकपाका तेजबहादुर पोख्रेलले ३ हजार ०१८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत ल्याएका थिए । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जिप दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । पुरा पढौ

बागलुङ क्षेत्र नम्बर २ (ख) मा कांग्रेसको अग्रता

बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनको मतगणना चलिरहँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । प्रारम्भिक परिणाममा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले १५ मतले अग्रता लिएका हुन् । शेरचनले १०५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी संयुक्त बाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाहीले १०४० मतले पछ्याइरहेका छन् । पुरा पढौ

संखुवासभाको मकालु गाउँपालिकामा नेकपाको अग्रता

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना चलिरहँदा नेकपाले अग्रता लिएको छ। प्रारम्भिक परिणाममा नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल १९०६ मतका साथ अगाडि छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले १४५६ मतले पछ्याइरहेका छन् । पुरा पढौ

अर्घाखाँचीको मालारानी-३ मा कांग्रेस को जित

अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १५९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यमलालले १ हजार ५३ मत प्रप्त गरेका थिए । ३ हजार ३० मतदाता रहेको उक्त वडामा २ हजार २२५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुरा पढौ

विवादका कारण हुम्लामा सुरु भएन मतगणना

खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन। उपाध्यक्ष पदका लागि शनिबार भएको मतदान भएको थियो। आइतबार बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो। राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो। बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ।… पुरा पढौ

कास्कीमा ढिस्कोले पुरिएर ५ को मृत्यु

कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनास्थित बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर सल्यानको एकै गाउँका ५ को मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् । भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

कास्की २ मा नेकपालाई दोब्बर बढी अग्रता

कास्की २ मा नेकपाले फराकिलो अग्रता बनाएको छ । पोखरा महानगरका ४ वडा ३३ र २१ ,२० र १७ को मतगणना सकिएको छ । अहिलेसम्म नेकपा उम्मेदवार विद्या भट्टराईले ११ हजार ८ सय ४६ मत पाएकी छन् कांग्रेसका खेमराज पौडेलले ५८८६ मत ल्याएका छन् । पुरा पढौ

भक्तपुरमा भँडेल विजयी

भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार  डि पि ढकालले ११२०६ मत ल्याए। भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।   यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।   प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन… पुरा पढौ

भक्तपुर–१ मा कांग्रेसको जित निश्चित

भक्तपुर–१ ९क० मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का देवीप्रसाद ढकालले १०६९४ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन् । अब वडा नम्बर १० को मात्रै मतगणना हुन बाँकी छ । दिउँसो १२ बजेसम्म अन्तिम नतिजा आउने जनाइएको… पुरा पढौ

मोरङमा काँग्रेसको जित

मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का पङ्कज मण्डललाई २०४ मतले पछाडी पार्दै जित निकालेका हुन्। साहले १ हजार ७०१ मत पाउदा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का पङ्कज मण्डलले १ हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं