अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् ।
खनालले नेपाल कम्युनिस्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १५९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यमलालले १ हजार ५३ मत प्रप्त गरेका थिए ।
३ हजार ३० मतदाता रहेको उक्त वडामा २ हजार २२५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




