मुख्य समाचार

कार दुर्घटनामा ३ को मृत्यु २ घाइते

अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बिष्टले बताएका छन्। घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार कार… पुरा पढौ

महराले अपराध होइन, नैतिक गल्ति गर्नुभएको हो : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको बताएका छन । प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरे । ेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यस विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरे । “महराजीले अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो । घटना सुन्नासाथ… पुरा पढौ

अपहरणकारीमाथि गोली प्रहार गरि बालकको उद्धार

पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई अपहरणमुक्त गरेको छ। वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो। अपहरणकारीलाई पक्राउ गरेपछि बनेपाबाट अपहरण गरेर ल्याएका १४ वर्षीय बालकलाई भारत रक्सौलको हरैया भन्ने ठाउँमा एक घरमा बन्दक बनाएर राखिएको अबस्थामा सकुशल उद्धार गरिएको प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिएका छन्।। अपहरणकारीले बालकलाई बनेपाबाट दश… पुरा पढौ

सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो । जसअनुसार आर्थिक वर्ष… पुरा पढौ

कास्की-२ : धनराज गुरुङलाई संगै लिएर देउवा र पौडेल आउने !

नेपाली कांग्रेसले कास्की क्षेत्र नं. २ का लागि केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेदवार बनाउने सम्भावना बढेर गएको छ । पार्टीको केन्द्रीय पदाधिकारीको छलफल र आशय हेर्दा धनराज गुरुङको सम्भावना बढेको छ । धनराज गुरुङलाई नै उम्मेदवार बनाउन यति ढिलाई र झमेला गरिरहेको कास्की कांग्रेसका नेताहरूको बुझाइ छ । बाहिरको उम्मेदवार पठाए फिर्ता पठाउने कास्की कांग्रेसको चेतावनी पछि हच्किएका केन्द्रीय सभापति देउवा धनराजलाई नै अन्तिम समयमा पठाउने दाउमा रहेको स्रोत बताउँछ… पुरा पढौ

कास्की २ मा नेकपा र सरकारको अग्निपरीक्षा

रवीन्द्र अधिकारीले जितमा ह्याट्रिक गरेको कास्कीमा नेकपाले उनकै श्रीमती विद्या भट्टराईलाई उभ्याएको छ । २ ठूला कम्युनिस्ट पार्टीको एकता र दुई तिहाइको सरकार बनेपछि हुन लागेको उपचुनाव सरकारको लोकप्रियता र सत्तारुढ नेकपाको पनि अग्निपरीक्षा हो । नेकपा कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पाँचौ जिल्ला कमिटीको पूर्ण बैठकका निर्णयहरु र चुनावी रणनीति सार्वजनिक गरेको छ । नेकपाका चुनावी कमान्डरहरुको भनाइले प्रष्ट हुन्छ ः उनीहरुले आफ्ना चुनौती राम्ररी नै पत्ता लगाएका छन्… पुरा पढौ

कास्की-२ : रजनी केसीलाई सघाउन साझाको प्रस्ताव, कांग्रेसद्धारा अस्वीकार

कास्की क्षेत्र नं. २ मा हुने आशन्न उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन साझा पार्टीले नेपाली कांग्रेससंग प्रस्ताव गरेको छ । तर उक्त प्रस्ताव अस्वीकार गरेको नेपाली कांग्रेले जनाएको छ । कांग्रेसको बैठकबाटै उक्त प्रस्ताव अस्वीकृत भएको बताइन्छ । कास्की–२ मा साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ । उनी केही अघिमात्रै नेपाली कांग्रेस पार्टी छाडेर साझा पार्टीको उम्मेदवार बन्न पुगेकी थिइन् । साझाका संयोजक रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले कांग्रेस नेताहरूलाई… पुरा पढौ

उम्मेदवार टुंग्याउन काँग्रेस असफल, बुधबार फेरि बैठक

उम्मेदवारी  मनोनयनपत्र दर्ता गराउने समय दुई दिन बाँकी रहँदा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उम्मेदवारको टुंगो लगाउन असफल बनेको छ ।  एक प्रतिनिधिसभा र तीन राष्ट्रियसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवार चयनका लागि काँग्रेसमा पटक पटक छलफल हु्ँदै आए पनि विवादका कारण उम्मेदवार टुंगो लाग्न नसकेको हो । सहमतिको प्रयासस्वरुप मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकपनि उम्मेदवार चयन गर्न असफल बनेको छ ।  देउवा निवास बूढानीलकण्ठमा १० घण्टा चलेको बैठक विना निष्कर्ष टुंगिएको… पुरा पढौ

समाजवादीबाट धर्मराज, कसैसँग तालमेल नगर्ने

मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की नम्बर २ मा धर्मराज गुरुङ उठ्ने भएको छ । समाजवादीले यो निर्वाचनमा कसैसँग तालमेल नहुनेसमेत प्रष्ट पारेको छ । पार्टीले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारका साथमा प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । उम्मेदवार गुरुङले सबैलाई समान र सम्मान हुने ऐन कानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘पार्टीले विश्वास ग¥यो, अब जनताको विश्वास… पुरा पढौ

बाग्लुङ २ खमा वाम गठबन्धनबाट खिमविक्रम

राष्ट्रिय जनमोर्चाले बाग्लुङ २ ख मा खिमविक्रम शाहीको उम्मेदवारी घोषणा गरेको छ। शाही नेकपाको समर्थनमा वाम गठबन्धनको उम्मेद्वार बनेका हुन्। मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा यसअघि सो क्षेत्रमा राजमो नेता टेकबहादुर घर्ती निर्वाचित भएका थिए। घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो। नेकपा र राजमोबीच चुनावी तालमेल गर्ने सहमति अनुसार सो स्थानमा नेकपाले राजमोलाई समर्थन गर्ने घोषणा गरेको थियो। मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं