ताजा समाचार

कार्तिक २० गते २०७६

अपहरणकारीमाथि गोली प्रहार गरि बालकको उद्धार

पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई अपहरणमुक्त गरेको छ।

वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो।

अपहरणकारीलाई पक्राउ गरेपछि बनेपाबाट अपहरण गरेर ल्याएका १४ वर्षीय बालकलाई भारत रक्सौलको हरैया भन्ने ठाउँमा एक घरमा बन्दक बनाएर राखिएको अबस्थामा सकुशल उद्धार गरिएको प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिएका छन्।।

अपहरणकारीले बालकलाई बनेपाबाट दश दिनअघि अपहरण गरेका प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

बिहान १०ः३० बजे पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने राठोरले जानकारी दिएका छन्।