अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ ।
घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश बिष्टले बताएका छन्।
घटनास्थलमा पुगेका प्रहरी अधिकारीका अनुसार कार अनियन्त्रित भइ सडकदेखि करीब सय मिटर तल खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।






