बाग्लुङ २ खमा वाम गठबन्धनबाट खिमविक्रम

राष्ट्रिय जनमोर्चाले बाग्लुङ २ ख मा खिमविक्रम शाहीको उम्मेदवारी घोषणा गरेको छ। शाही नेकपाको समर्थनमा वाम गठबन्धनको उम्मेद्वार बनेका हुन्।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा यसअघि सो क्षेत्रमा राजमो नेता टेकबहादुर घर्ती निर्वाचित भएका थिए। घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

नेकपा र राजमोबीच चुनावी तालमेल गर्ने सहमति अनुसार सो स्थानमा नेकपाले राजमोलाई समर्थन गर्ने घोषणा गरेको थियो। मंसिर १४ मा विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।