मुख्य समाचार

राष्ट्रपतिद्धरा नवनियुक्त प्रदेश प्रमुखलाई शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्तलाइ लाई शपथ ग्रहण गराएकी हुन्। यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक… पुरा पढौ

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

तत्कालीन एमाले सचेतक शान्ता चौधरीको गाडी दुर्घटनामा परेको छ । सत्तारुढ नेकपाकी सांसद शान्ताले चढ्दै आएको संसद सचिवालयको बा २ झ २८७१ नम्बरको स्कारपियो जिप गएराति दाङको लमही–६ स्थित कुलमोड भन्ने ठाउँमा दुर्घटनामा परेको दाङ प्रहरीका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । शाहका अनुसार गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । चौधरीलाई लक्ष्मीपुरस्थित घर छाडेर देउखुरी फर्कंदै… पुरा पढौ

सांसद चढेको जीप उताङटाङ लागेपछि…

उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएका छन् । विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए… पुरा पढौ

महराको अबको साथी रमेशचन्द्र ठकुरी

जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारको क ब्लकमा राखिएको छ । डिल्लीबजार कारागारमा दुईवटा ब्लक छन् । क ब्लकमा रहेका महरा पूर्वआईजीपी रमेशचन्द ठकुरीको ‘रुममेट’ रहेको स्रोतले जानकारी दियो । उनीहरुसँगै पूर्वडीआईजी रञ्जन कोइराला पनि रहेका छन् । ठकुरी सुडान घोटाला काण्डका भ्रष्टाचारको आरोपमा जेल चलान भएका हुन् भने कोइराला श्रीमती हत्या अभियोगमा ।  सुडानको डार्फरमा सुरक्षाकर्मी आर्म्ड पर्सनल केरियर (एपीसी) लगायतका… पुरा पढौ

प्रदेश प्रमुख वर्खास्त र नियुक्ति, सत्ता साझेदार नै बेखबर !

वर्तमान सरकारले प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्ति गरेको विषयमा प्रतिपक्षी दलसँगै सत्ता साझेदार दलले समेत विमति प्रकटको छ । सत्ता साझेदार दल समाजवादी पार्टीले आफूहरुसँगको सहमतिबिना प्रदेश प्रमुख हटाएको भन्दै विमति राखेको हो । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तासाझेदार पार्टीसँग कुनै छलफल नगरेको बताए । उनले भने, ‘नेकपाले प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्त गर्ने विषयमा कुनै सहमति गरेन ।… पुरा पढौ

आलमलाई ३२ वर्ष कैद सजाय माग

जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् । उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् ।  पुरा पढौ

अदालतमा रोशनी शाहीबारे यस्तो झगडा, रोशनी टुलुटुलु हेरिरहिन्…

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सोमबार दिउँसो खाजा समयपछि अन्तिम चरणमा प्रवेश गरेको थियो। त्यतिबेलै शाही इजलासमा आइन्। न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा पक्षका वकिलहरूको बहस सकिसकेको थियो। महराका वकिलमा नियुक्त भएका पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ उठे र रोशनीलाई आफ्ना कुरा राख्न दिन माग गरे। 'जाहेरीवाली यहीँ आउनुभएको छ श्रीमान्, उहाँलाई आफ्ना… पुरा पढौ

मौसममा बुधबार बेलुकीदेखि यस्तो खतरा

बुधबार बेलुकीदेखि भने मौसम धेरैजसो बिग्रने देखिएको छ । मौसमविद् शान्ति कर्णेलका अनुसार बुधबार बेलुकीदेखि पश्चिममा बढी नै क्षति गर्नेछ । बुधबार बेलुकीदेखि असिनासमेत पर्ने भएकाले कृषकले बढी नै क्षति व्यहोर्नुपर्ने देखिएको छ ।  विशेषगरी पोखरादेखि पश्चिमको भूभागमा बढी क्षति गर्ने देखिएको भन्दै मौसमविद् कर्णेलले यदि धान काटिसकेको भए बुधबार साँझसम्म स्याहार्न र यदि धान नकाटेको भए मंगलबार र बुधबार नकाट्न आग्रह गरेकी छिन् ।  पुरा पढौ

कांग्रेस बैठक आज, कास्की-२ मा कसलाई बनाउला उम्मेदवार ?

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ । आशन्न उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने बैठक बस्न लागेको हो । यसअघि बसेका बैठकहरूले निर्णय लिन नसक्दा आलोचना समेत भएको । यतिबेला मुलुककै ध्यान केन्द्रित भएको कास्की–२ मा कांग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने चासो व्यापक छ । कास्की–२ का लागि कांग्रेसबाट नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिस भएको छ । कांग्रेसले उम्मेदवार तय गर्न ढिलाई गर्दा आकांक्षीहरू निकै तनावमा छन् ।… पुरा पढौ

राष्ट्रपति भण्डारीद्धारा प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।   आइतबार राष्ट्रपतिले पूर्ववर्ति सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि रिक्त रहेको सात प्रदेश प्रमुखका लागि नेकपाको सचिवालय बैठकले  सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको थियो ।  पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं