कांग्रेस बैठक आज, कास्की-२ मा कसलाई बनाउला उम्मेदवार ?

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज बस्दैछ । आशन्न उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने बैठक बस्न लागेको हो ।

यसअघि बसेका बैठकहरूले निर्णय लिन नसक्दा आलोचना समेत भएको । यतिबेला मुलुककै ध्यान केन्द्रित भएको कास्की–२ मा कांग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने चासो व्यापक छ ।

कास्की–२ का लागि कांग्रेसबाट नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिस भएको छ । कांग्रेसले उम्मेदवार तय गर्न ढिलाई गर्दा आकांक्षीहरू निकै तनावमा छन् । नेकपालगायतका अन्य पार्टीले उम्मेदवार छनोट गरी चुनावी प्रक्रिया शुरु गरिसकेका छन् ।