मुख्य समाचार

दुर्घटनामा डाक्टर बाबु र नर्स छोरीको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए । घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको… पुरा पढौ

महराको थुनछेक बहस आज पनि हुँदै

काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । आइतबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको थियो ।   जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा महराको थुनछेक बहस चलिरहेको छ।  काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए ।  तीमध्ये आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् ।  सरकारी पक्षबाट भने… पुरा पढौ

कांग्रेसका आकांक्षी उम्मेदवारहरू तनावमा, भन्छन्, ‘पार्टीले जिउँदै मार्न खोज्यो’

कास्कीमा आशन्न उपनिर्वाचनको चुनावी रौनक ह्वातै बढेको छ । देशभरको नजर कास्की–२ मा परेको छ । यो क्षेत्र प्रतिनिधिसभाको निर्वाचन हुने १ मात्र क्षेत्र हो । यो क्षेत्रका लागि कांग्रेसबाहेकका दलहरूले उम्मेदवारको टुंगो लगाएर चुनावी अभियान सञ्चालन गरिसकेका छन् । नेकपाबाट विद्या भट्टराईले टिकट पाएकी छन् । उनी पूर्व मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । यसैगरी साझा पार्टी, राप्रापा र समाजवादी पार्टीले पनि उम्मेदवारको टुंगो लगाइसहेका छन् ।… पुरा पढौ

जोमसोम बिमानस्थलमा भित्रियो वारुण यन्त्र

नेपाल नागरिक उड््यन प्राधिकरणले मुस्ताङको जोमसोम बिमान स्थलका लागि वारुण यन्त्र पठाएको छ । बिमान स्थल संञ्चालन भएदेखि यहा बारुणयन्त्रको अभाव रहेको थियो। मुस्ताङमा मौसम प्रतिकुल भई प्लेन दुर्घटना हुने गरेको भएपनि हालसम्म प्लेनमा आगोलागीका घटना भएको छैन । बिमान स्थलमा यन्त्रको अभाव थियो भने यहाका ५ वटै स्थानीय तहमा समेत वारुणयन्त्र उपलब्ध थिएन । बिमान स्थलमा यन्त्र भित्रिएपछि सदरमुकाम जोमसोम लगायत आसापासका गाउ बस्तीलाई समेत राहत पुगेको जनाईएको छ… पुरा पढौ

मृतकका परिवारलाई १३ लाख दिने सहमतिपछि राजमार्ग सुचारु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बौनियामा बसको ठक्करबाट ज्यान गुमाएका दुई बालकका परिवारलाई १३ लाख दिने सहमति भएपछि सुचारु भएको छ ।  पीडित पक्षले माग संवोधनमा बेवास्ता गरेको भन्दै शनिवार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिएI ज्यान गुमाएका दुई बालकका परिवारलाई १३ लाख दिने साँझ सहमति भएपछि पूर्व पश्चिम राजमार्ग सुचारु भएको हो ।  यस्तै, पीडित परिवारलाई बर्दगोरिया गाउँपालिकाले किरिया खर्च वापत ५० हजार दिने गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बताए । बौनियामा… पुरा पढौ

नयाँ प्रदेश प्रमुख छान्न सकस, आज नियुक्ति नहुने

सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आजै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको योजना पूरा भएन । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । पुरा पढौ

नेकपाबाट कास्कीमा विद्या, भक्तपुरमा देवी, धरानमा प्रकाश उम्मेदवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपचुनावका लागि उम्मेदवार छनोट गरेको छ । नेकपा सचिवालयको आइतबार बसेको बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ । भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् भने वली सोही क्षेत्रबाट निर्वाचित… पुरा पढौ

कांग्रेसका उम्मेदवार छनोट मंगलबार मात्रै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार छनोटका लागि बोलाइएको पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।   उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कोषध्यक्ष सीतादेवी यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको उनले भनाइ छ । अनका अनुसार उनीहरु छठ पर्वका मनाउन गृहजिल्ला गएका  कारण आजको बैठकमा उपस्थित हुन नसकेका हुन् । सभापति शेरबहादुर देउवा निवास… पुरा पढौ

बस दुर्घट्ना : मृत्यु हुनेको संख्या १७ पुग्यो

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् । उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ,… पुरा पढौ

नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने तयारी

राष्ट्रपतिले सातै प्रदेशका प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ । सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं