ताजा समाचार

कार्तिक १७ गते २०७६

जोमसोम बिमानस्थलमा भित्रियो वारुण यन्त्र

नेपाल नागरिक उड््यन प्राधिकरणले मुस्ताङको जोमसोम बिमान स्थलका लागि वारुण यन्त्र पठाएको छ । बिमान स्थल संञ्चालन भएदेखि यहा बारुणयन्त्रको अभाव रहेको थियो।

मुस्ताङमा मौसम प्रतिकुल भई प्लेन दुर्घटना हुने गरेको भएपनि हालसम्म प्लेनमा आगोलागीका घटना भएको छैन । बिमान स्थलमा यन्त्रको अभाव थियो भने यहाका ५ वटै स्थानीय तहमा समेत वारुणयन्त्र उपलब्ध थिएन । बिमान स्थलमा यन्त्र भित्रिएपछि सदरमुकाम जोमसोम लगायत आसापासका गाउ बस्तीलाई समेत राहत पुगेको जनाईएको छ ।

प्राधिकरणले १ करोड २५ लाख मुल्य पर्ने बाक्लो ४ वटा पाङ्ग्रा भएको यन्त्र पठाएको जोमसोम बिमान स्थल प्रमुख दिपक बिकले जानकारी दिए । हवाई उडान तथा अवतरण गर्ने क्षेत्रमा प्लेनमा कुनै प्राविधिक समस्या आई आगलागीका घटना भएको खण्डमा यन्त्रको सहयोगमा आगो नियन्त्रण तथा उद्दार गर्न सहज हुने बिमान स्थल प्रमुख बिकको भनाई छ । उनका अनुसार रोजेन बउर कम्पनीको बारुण यन्त्र अल्ट्रा हाई प्रेसर सिस्टमको छ ।

यन्त्रले ६० मिटर लामो हर्स पाईपको माध्यमबाट प्रति मिनेट ४० लिटरको रफ्तारले पानी हुत्याउन सक्ने बिकको भनाई छ । यस्तै ,यन्त्रले घटना भएको १२ मिटर परबाट पानी सप्लाई गर्न सक्छ । यन्त्रको पानी ट््याङ्ककी क्षमता २ सय ३० लिटरको छ । धातुमा आगो लाग्दा १ देखि ६ प्रतिशत सम्म फम सेलेक्ट गर्न मिल्ने र फर्म रसाईन ३ प्रतिशत फाल्न सक्छ । एक चालकसहित ३ जना फायर फाईटर त्रु्mम्बर रहन सक्ने क्षमताको छ ।

बारुणयन्त्र भित्रिएसंगै बिमानस्थलले सोही अनुसारको पुर्वाधार निर्माणको तैयारी थालेको बिमानस्थल प्रमुख बिकले बताए । जोमसोम लगायत आसपासका ग्रामिण बस्ती एकआपसमा निकट छन् । मुस्ताङमा १५ देखि ८० नट सम्म हावा चल्ने गर्छ ।

आगोलागीको चरम जोखिम रहेको जोमसोम क्षेत्रमा कुनै संम्भावित आगोलागी भए बिमान स्थलले यन्त्र उपलब्ध गराउन सक्छ । तर उडान अवधिभर भने बारुण यन्त्र बिमानस्थलकै लागी तैयार अवस्था राखिने बिकले जानकारी दिए ।